१५ हजारमा लाइसेन्स बिक्री गर्छन् यातायात कार्यालयका हाकिम ! « Khabarhub

१५ हजारमा लाइसेन्स बिक्री गर्छन् यातायात कार्यालयका हाकिम !


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका कर्मचारीले ५ देखि १५ हजार रुपैयाँसम्म पैसा लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिक्री गर्ने गरेका खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट यस्तो खुलासा भएको हो ।

यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले २०७२ को असारमा सञ्चालन गरेको लाइसेन्सको लिखित परीक्षामा ३ हजार २ सय ११ जना सहभागी थिए । तर, १६ असार २०७२ देखि २६ असारसम्म सञ्चालन गरेको प्रयोगात्मक परीक्षा (ट्रायल) भने लिखित परीक्षा सहभागी नै नभएका ५४ जना सहभागी भएका कार्यालयको दस्तावेजमा उल्लेख छ ।

लिखित परीक्षामा सहभागी नै नभएका व्यक्तिलाई प्रयोगात्मक परीक्षामा सहभागी भइ पास भएको भनेर लाइसेन्स वितरण गरिएको अख्तियारको छानबिनबाट फेला परेको छ ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवम् परीक्षा समितिका अध्यक्ष सिताराम खनाको मिलेमतोमा अनियमितता भएको हो ।

अनियमिततामा यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर योगेन्द्रप्रसाद गुप्ता, जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक बाबुकाजी गिरीको पनि संलग्नता रहेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालयका प्रमुख खनाल, मेकानिकल इन्जिनियर गुप्ता र ट्राफिक प्रहरी निरीक्षक गिरीको मिलेमतोमा लिखित र प्रयोगात्मक कुनैपनि परीक्षा उत्तिर्ण नभएका ८ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरिएको देखिएको छ ।

खनाल, गुप्ता र गिरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा (१३) बमोजिमको कसूर गरेको भन्दै अख्तियारले तीनैजना विरुद्ध १ देखि ३ वर्षसम्मको कैद र ५ हजार रुपैयाँ जरिवाना मागदाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ६ : ०३ बजे

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका