पेरुको सुनखानीमा बन्दुकधारीबाट गोली प्रहार, ७ कामदार मारिए « Khabarhub

पेरुको सुनखानीमा बन्दुकधारीबाट गोली प्रहार, ७ कामदार मारिए


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरु– ल्याटिन अमेरिकी मुलुक पेरुको सुनखानीमा बन्दुकधारीले गोली हानी ७ जनाको हत्या गरेका छन् । दक्षिणी पेरुको एण्डिज पर्वतमालामा रहेको ला रिकोनाडा सुनखानी क्षेत्रमा सुरुङ्गभित्र बन्दुकधारीले ७ कामदारको हत्या गरेको पेरुका अधिकारीले जनाएका छन् ।

हत्या गरिएका कामदारका कन्चटमा गोली लागेका अवस्थामा शव फेला पारिएको र घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । कामदारको गोली हानी हत्या गरिनुको कारण तथा घटनामा संलग्न रहेकाहरुको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

दक्षिणी पेरुको सो क्षेत्रमा धेरै अवैधानिक सुनखानी रहेको र त्यहाँ काम गर्ने वातावरण तथा श्रमिकको अवस्था निकै नै दयनीय हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेको छ ।

पेरु दक्षिण अमेरिकाको सबैभन्दा ठूलो सुन निर्यातकर्ता मुलुक हो ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : २५ बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन