पूर्वतालिकाविना नै राष्ट्रपतिलाई ‘हुवाए भ्रमण’ मिलाएपछि विवाद « Khabarhub

पूर्वतालिकाविना नै राष्ट्रपतिलाई ‘हुवाए भ्रमण’ मिलाएपछि विवाद


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विनापूर्वतालिका चिनियाँ दुरसंचार कम्पनी हुवाएको भ्रमण राखिएपछि विबाद भएको छ । बेइजिङमा रहेको हुवाएको शाखा कार्यालयमा चीनका लागि नेपाली राजदूताबासले कार्यक्रम तय गरिदिएपछि भ्रमणदलमा बिबाद भएको छ ।

चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले शुक्रबार राष्ट्रपति भण्डारीलाई बेइजिङमा रहेको हुवाएको कार्यालयमा भ्रमण तय गरिदिएपछि विबाद भएको हो ।

हुवाए नेपालमा र अन्तर्राष्ट्रिय जगतमा समेत विबादमा रहेको भन्दै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री, परराष्ट्रसचिव र अन्यले भ्रमण गर्न नहुने बताएका छन् । भ्रमणमा सहभागी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, व्यवसायी चन्द्र ढकाल लगायतले राष्ट्रपतिको भ्रमण मिलाइए पनि पूर्व तालिकाविना आफूहरु हुवाएको भ्रमणमा सहभागी नहुने बताएका छन् ।

सरकारले हुवाएलाई गत मंसिरमा मात्रै पटक–पटक म्याद गुजारी नेपाल टेलिकमलाई क्षति गराएको भन्दै ३२ करोड जरिवाना गराएको थियो । हुवावेलाई गत मंसिर महिनामा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल टेलिकमको सीडीएमए परियोजनाका लागि ठेक्का पाएको म्याद ६ वर्ष नाघ्दा पनि पूरा नगरेको भन्दै ३२ करोड रुपैयाँ जरिवाना तिराएको थियो । सन् २०११ मा ठेक्का पाएर सन् २०१३ मा सक्नुपर्नेमा अलमल गरेपछि गत मंसिर महिनामा सूचना तथा सञ्चार प्रविधिमन्त्री आफैँ एक्सनमा उत्रेर हुवावेलाई ३२ करोड जरिवाना तिराएका थिए ।

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा बनाउने भनिएको डिजिटल एक्सन रुम बनाउन हुवाएले विना प्रतिस्पर्धा ठेक्का पाएपनि पछि विवाद बढेपछि रोकिएको थियो । हाल त्यस विषयमा अख्तियार दुरुयपोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय हुवाएविरुद्ध अमेरिकाले प्राविधिक युद्ध पनि चलाउँदै आएको छ । गत डिसेम्बरमा मा हुवाएकी प्रमुख वित्तीय अधिकारी मेङ वान्झुलाई क्यानाडामा पक्राउ गरेको थियो । हाल उनलाई अमेरिकामा सुपुर्दगी गर्ने विषयमा क्यानाडेली अदालतमा मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ८ : २४ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।