प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव | Khabarhub Khabarhub

प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ ।

चालू आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी वर्षको बजेट निर्माणका सन्दर्भमा शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयसँगको छलफलमा समितिले सरकारको प्राथमिकता र प्रदेश नीति तथा योजना आयोगले सार्वजनिक गरेको स्थिति पत्रको आधारमा बजेट तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति दीपक कोइरालाले आगामी बजेट तथा कार्यक्रम नतिजामुखी र औचित्यताका आधारमा तय गर्न मन्त्रालयलाई निर्देशन दिए । उनले सरकारको आफ्नो प्राथमिकताका आधारमा बजेट विनियोजन हुनुपर्ने बताउँदै भने, ‘सरकारको प्राथमिकता पर्यटन हो भने पर्यटन पूर्वाधारमा पर्याप्त बजेट विनियोजन होस्, जे लाई प्राथमिकतामा राखिएको छ त्यसलाई कार्यान्वयन गर्ने गरी बजेट आउनुपर्दछ ।’

सङ्घ र प्रदेशको बजेट कार्यान्वयन गर्ने थलो स्थानीय तह भएकाले स्थानीय तहसँग समन्वय गरेर उनीहरुको प्राथमिकतालाई पनि बजेट निर्माणमा ध्यान दिइनुपर्ने सुझाव सभापति कोइरालाको थियो । समितिका सदस्यले प्रदेश सरकारका योजनाको अनुगमन गर्ने संयन्त्र नहुँदा योजना बेवारिसे बन्नेतर्फ सजग गराउँदै योजना तथा कार्यक्रमको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समिति तथा पालिकालाई दिन माग गरे ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : ५३ बजे

सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह (तस्बिरहरू)

काठमाडौं- यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा

अर्थमन्त्रीले भने : यसपटक सांसदहरूलाई बजेट छुट्याइनँ

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सांसदहरूलाई कुनै न कुनै स्रोतबाट आयोजना

बजेटपछि ओरालो लाग्यो नेप्से, २३.८१ अंकले घट्यो 

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटले शेयर बजारमा उत्साह

जब अर्थमन्त्रीलाई पत्रकारले सोधे : जनार्दन शर्मा र तपाईंबीच जुँगाको लडाइँ हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव हुन् वर्षमान पुन र जनार्दन शर्मा।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज