मिडिया काउन्सिल विधेयक संशोधन गर्नुपर्छ–नेता नेपाल | Khabarhub Khabarhub

मिडिया काउन्सिल विधेयक संशोधन गर्नुपर्छ–नेता नेपाल


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकबारे परिमार्जनको कुरा बाहिर आइरहेकोले संशोधन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

प्रेस सङ्गठनले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले, “विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।”

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । “प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ”, वरिष्ठ नेता नेपालले भने, “सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारवाहीमा अझ लोकप्रियता बढ्छ ।”

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ३ : २० बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको