भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा लोकसभा विघटन « Khabarhub

भारतीय राष्ट्रपति रामनाथ कोविन्दद्वारा लोकसभा विघटन


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तल्लो सदन लोकसभा विघटन गरेका छन् ।

१७ औं लोकसभा चयनका लागि हालै भएको आम निर्वाचनको अन्तिम नतिजा घोषणा भएपछि राष्ट्रपति कोविन्दे १६ औं लोकसभा विघटन गरेका हुन् ।

आम निर्वाचनको अन्तिम नतिजा अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपा एक्लैले ३०३ सिट जितेको छ भने भाजपा नेतृत्वको नेशाल डेमोक्र्याटिक अलासन्स एनडीएको गठबन्धनले ३५२ सिट जितेको छ ।

५४५ सिट रहेको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक रहनेमा यसपाली भाजपा एक्लैले सरकार गठन गर्ने देखिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार गठन गर्ने प्रक्रिया शुरु गरेसँगै शुक्रबारमात्र आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।

अर्कोतर्फ यो चुनावमा विपक्षी काँग्रेस पार्टीले भने केबल ५२ सिटमा चित्त बुझाएको छ भने काँग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स युपीएको गठबन्धनले भने ८७ सिट ल्याएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ४ : ५० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह