झापामा बम र प्युठानमा शंकास्पकद बस्तु फेला « Khabarhub

झापामा बम र प्युठानमा शंकास्पकद बस्तु फेला


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द विप्लवसमूहले बन्द आह्वान गरेकै दिन आज (मंगलबार) विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम हुन सक्ने भन्दै स्थानीयबासी त्रसित भएका छन् ।

आज बिहान झापाको कन्काई पुलमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

यसैबीच प्यूठान नगरपालिका-४ जुम्री बसपार्कमा शंकास्पद वस्तु फेला परेको छ । होटल डाइमन्ड अगाडि ग्रिनेड आकारको वस्तु फेला परेका प्रहरीले जनाएको छ । शंकास्पद वस्तुलाई पत्रिकाले बेरिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार शंकास्पद वस्तुमा घडी पनि राखिएको छ । शंकास्पद बस्तुलाई डिस्पोज गर्ने तयारी गरेको बुढाथोकीले बताए ।

नेकपा विप्लवले आह्वान गरेको नेपाल बन्दको कारण प्यूठान जिल्ला पूर्ण रूपमा प्रभावित भएको छ । बजार, शिक्षण संस्था, कलकारखाना सबै बन्द रहेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ११ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट