सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक इटालीमा हुने « Khabarhub

सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक इटालीमा हुने


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२६ को विन्टर ओलम्पिक र पारालम्पिक आयोजनाको जिम्मा इटालीले पाएको छ । प्रतियोगिता इटालीका दुई ठूला शहर मिलान र कोर्टिनामा आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) मा भएको मतदानमा इटालीका यी दुई शहरले बाजी मारेका हुन् । विन्टर ओलम्पिक २०२६ फेब्रुअरी ६ देखि २२ सम्म चल्नेछ भने विन्टर पारालम्पिक मार्च ६ देखि १५ सम्म चल्नेछ । कोर्टिनाले यसअघि पनि एक संस्करणको विन्टर ओलम्पिकको आयोजना गरिसकेको छ । कोर्टिनामा सन् १९५६ मा ओलम्पिकको आयोजना भएको थियो ।

मतदानमा कूल ८२ भोट खसेकोमा मिलान र कोर्टिनाले ४७ मत पाएका थिए । विन्टर ओलम्पिक र पारालम्पिक आयोजनाको जिम्मा पाएकोमा आईओसी अध्यक्ष थोमस बाखले मिलान र कोर्टिनलाई बधाई दिए । ‘हामी एक पुरानो शीतकालीन खेलको देशमा एक उत्कृष्ट र टिकाउ खेलका लागि तयार छौ । प्रशंसकहरुको ज्ञानको सोख, अनुभव र सञ्चालक मिलेर संसारको सर्वश्रेष्ठ एथलेटिकको सहि माहोल बन्नेछ ।’ उनले भने ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १२ : ०५ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।