सित्तैमा खाना खाने लोभमा पनि महिला डेटिङ जान्छन् ? अध्ययनले यस्तो देखायो « Khabarhub

सित्तैमा खाना खाने लोभमा पनि महिला डेटिङ जान्छन् ? अध्ययनले यस्तो देखायो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आम रुपमा महिलाहरु पुरुषसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् । कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रोमान्स वा लामो सम्बन्ध स्थापित गर्ने नै हुन्छ । तर, अध्ययनले के देखाएको छ भने सबै महिला रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन ।
हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पुरुषसँग नजिक हुने र डेटमा जाने गरेको पाइएको छ ।

अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही महिला डेटमा जाने गरेको तथ्य पत्ता लागेको हो । वैज्ञानिककाअनुसार यो अवस्थालाई ‘फुडी कल’ भनिन्छ । जहाँ महिला डेटिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।

३३ प्रतिशत महिलाबाट स्वीकार

अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत महिलाहरुले खाना खानकै लागि डेटमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अस्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

कतिपटक यस्तो डेटमा जान्छन् ?

महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डेट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कतिपटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङमार्फत उनीहरुको उत्तर खोजिएको थियो ।

१ देखि ६ सम्मको रेटिङ थिइएको थियो । १ रेटिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डेटमा गएकी छैन । तर १ बाहेक ६ नम्बरसम्मको रेटिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो । यस्तै सोसल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोधअनुसार ‘फुडी कल’ को अवस्था थुप्रै किसिमको सम्बन्धमा देखिएको थियो ।

महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खाना खाने उद्देश्यले नै डेटमा जाने गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : ४२ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन