‘गलबन्दी’ चोरीको आरोप लगाएका शम्भु राईमाथि नै चोरीको आरोप ! « Khabarhub

‘गलबन्दी’ चोरीको आरोप लगाएका शम्भु राईमाथि नै चोरीको आरोप !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपूतको गीत ‘गलबन्दी’ एकाएक हिट भएका बेला गायक शम्भु राईले यो गीत आफ्नो पुरानो गीतसँग मिलेको आरोप लगाएपछि संगीत क्षेत्रमा संगीत चोरीबारे बहस शुरु भएको छ । गीत चोरीको आरोपपछि गायक शम्भु राई चर्चामा छन् ।

बहसकै क्रममा राईले प्रकाश सपूतको गीतसँग आफ्नो गीत ‘आऊ नाचौँ साथी हो’ गीतको लय मिल्न गएको दाबी गरेका छन् । यता प्रकाश सपूतले भने प्रकाश सपूतले ‘खुला पत्र’ लेखेरै आफूले गीत नचोरेको बताउँदै आएका छन् ।

खबरका अनुसार प्रकाश र शम्भुको आपसी कुरा नमिलेपछि गायक राईले सपूतविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

यतिबेला भने गीत चोरीको आरोप/प्रत्यारोपमा नयाँ ‘ट्वीस्ट’ आएको छ । प्रकाश सपूतका फ्यानले शम्भु राईले पनि स्वरसम्राट नारायणगोपालको गीतबाट चोरी गरेर गीत सिर्जना गरेको आरोप लगाएका छन् ।

राईले स्वर दिएको गीत ‘कहिलेमा काहीँ रमाइलो हुन्छ’ बोलको गीत नारायणगोपालको गीत ‘आजै र राती के देखेँ सपना’ गीतमा समावेश ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ को लयसँग मिलेको भनिएको छ । झट्ट सुन्दा गीत मिलेको झैँ लाग्छ ।

यता प्रकाश सपूतले यसअघि पनि नारायणगोपालको गीत चोरेको आरोप लगाइएको थियो । सपूतको ‘दोहोरी ब्याटल’ स्वरसम्राट नारायणगोपालको गीत ‘बैनीको दया छ भने’ गीतसँग मिलेको आरोप लगाइएको छ । यो गीत पूर्ण रुपमा नमिले पनि केही हदसम्म मिल्ने देखिन्छ ।

सपूतले गीत चोरेको आरोप खेपिरहेका बेला यता गायक शम्भु राईले पनि नारायणगोपालकै गीत चोरी गरेको आरोप लगाइएको हो । यद्यपि गीत चोरीको बहस चलिरहँदा कतिपयले भने यी सबै गीत मौलिक गीत भएकाले गीत एकअर्कासँग मिलेको जस्तो लागेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा