‘गलबन्दी’ चोरीको आरोप लगाएका शम्भु राईमाथि नै चोरीको आरोप ! « Khabarhub

‘गलबन्दी’ चोरीको आरोप लगाएका शम्भु राईमाथि नै चोरीको आरोप !


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रकाश सपूतको गीत ‘गलबन्दी’ एकाएक हिट भएका बेला गायक शम्भु राईले यो गीत आफ्नो पुरानो गीतसँग मिलेको आरोप लगाएपछि संगीत क्षेत्रमा संगीत चोरीबारे बहस शुरु भएको छ । गीत चोरीको आरोपपछि गायक शम्भु राई चर्चामा छन् ।

बहसकै क्रममा राईले प्रकाश सपूतको गीतसँग आफ्नो गीत ‘आऊ नाचौँ साथी हो’ गीतको लय मिल्न गएको दाबी गरेका छन् । यता प्रकाश सपूतले भने प्रकाश सपूतले ‘खुला पत्र’ लेखेरै आफूले गीत नचोरेको बताउँदै आएका छन् ।

खबरका अनुसार प्रकाश र शम्भुको आपसी कुरा नमिलेपछि गायक राईले सपूतविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

यतिबेला भने गीत चोरीको आरोप/प्रत्यारोपमा नयाँ ‘ट्वीस्ट’ आएको छ । प्रकाश सपूतका फ्यानले शम्भु राईले पनि स्वरसम्राट नारायणगोपालको गीतबाट चोरी गरेर गीत सिर्जना गरेको आरोप लगाएका छन् ।

राईले स्वर दिएको गीत ‘कहिलेमा काहीँ रमाइलो हुन्छ’ बोलको गीत नारायणगोपालको गीत ‘आजै र राती के देखेँ सपना’ गीतमा समावेश ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ को लयसँग मिलेको भनिएको छ । झट्ट सुन्दा गीत मिलेको झैँ लाग्छ ।

यता प्रकाश सपूतले यसअघि पनि नारायणगोपालको गीत चोरेको आरोप लगाइएको थियो । सपूतको ‘दोहोरी ब्याटल’ स्वरसम्राट नारायणगोपालको गीत ‘बैनीको दया छ भने’ गीतसँग मिलेको आरोप लगाइएको छ । यो गीत पूर्ण रुपमा नमिले पनि केही हदसम्म मिल्ने देखिन्छ ।

सपूतले गीत चोरेको आरोप खेपिरहेका बेला यता गायक शम्भु राईले पनि नारायणगोपालकै गीत चोरी गरेको आरोप लगाइएको हो । यद्यपि गीत चोरीको बहस चलिरहँदा कतिपयले भने यी सबै गीत मौलिक गीत भएकाले गीत एकअर्कासँग मिलेको जस्तो लागेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  २ : २४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी