गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता | Khabarhub Khabarhub

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ ।

गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले मंगलबारको राष्ट्रिय सभा बैठकमा विधेयक फिर्ता लिने प्रस्ताव राखेकी थिइन् । मन्त्री अर्यालले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएसँगै विधेयक फिर्ता भएको हो ।

सरकारले राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्बसाधारणहरुको हित कायम गर्न र गुठी जग्गाको उत्पादकत्व बढाउने भन्दै विधेयक ल्याएको थियो ।

सांस्कृतिक सम्पदाका रुपमा रहेका भनिएका गुठीहरुलाई प्राधिकरण मातहत लागिएको भन्दै विधेयकको व्यापक विरोध भएपछि सरकारले उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

राजधानी काठमाडौंसहित देशभर व्यापक विरोध भएपछि मन्त्रीस्तरीय निर्णयबाट गुठी विधेयक फिर्ता लिने निर्णय गरिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्री पद्मा अर्यालले गत मंगलबार पत्रकार सम्मेलन गर्दै गुठी विधेयक फिर्ता लिने निर्णय भएको बताएकी थिइन् ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ३ : ३१ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ