बादल-विप्लव सम्बन्ध कस्तो ? | Khabarhub Khabarhub

बादल-विप्लव सम्बन्ध कस्तो ?


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध उत्कर्षतिर उक्लिंदै थियो । पश्चिमको कमाण्डर थिए–रामबहादुर थापा बादल । यही बेलामा रोल्पामा रहेका नेत्रविक्रम चन्द विप्लवलाई पछि पारेर बादलले बर्षमान पुनलाई काखी च्यापे । यसै बेलामा रोल्पा कार्यक्षेत्रमा रहेका हालका सभामुख कृष्णबहादुर महरा निकै बल गरेर आफ्नो सरुवा गराउन सफल भए । रोल्पाबाट उम्केपछि केही राजनीतिक सहकर्मी साथै राखेर महराले भने–मैले राजनीतिक कार्यक्षेत्र नबदलेको भए राजनीति नै सकिन्थ्यो ।

वि. सं. २०५१ साल देखि २०५३ सालको अन्त्यसम्मको अवधि र बादलको यतिबेलाको भूमिका हेर्दा उनीमा जातीय संकीर्णता देखिन्छ । कतिसम्म भने उनले चुनवाङमा भएको बैठकमा त मगरको छोरा भएकोले आफूले सही ठाउँ र जिम्मेवारी पाउन नसकेको भनेर युद्धका सुप्रिम कमाण्डर ‘प्रचण्ड’ समक्ष गुनासो नै गरे ।

त्यसो त राजनीतिक रुपमा बादल माथि थिए भने विप्लव तल । यसकारण विप्लव बादलसँग ईगो लिन सक्ने अवस्थामा थिएनन् । तर परिस्थितिले हिजोका यी सहयात्रीमध्ये बादल आज गृहमन्त्रालय सम्हालेर शान्ति सुरक्षा बहाल गर्ने ठाउँमा छन् भने विप्लव बादलको शान्तिको प्रयास विफल पार्ने भूमिकामा । र, कालन्तरमा तिनै विप्लवले लेखेको पुस्तकमा बादल दब्बु र मस्तराम छन् भनेर खुलेर लेखेका छन् ।

कञ्चनपुरमा ड्यास माओवादीले थापेको एम्बुसमा प्रचण्ड मुस्किलले बाँच्न सफल भए । तर,त्यही वैद्य माओवादीमा विप्लव विस्तारै पुरानो पुस्ताको नेताले विश्राम लिनुपर्ने र नयाँ पुस्ताले क्रान्तिलाई पूरा गर्नुपर्ने विचार राख्न थाले ।

रामबहादुर थापासँग लामो समयसम्म संगत गरेका कतिपय नेताहरुको कुरालाई ध्यान दिने हो भने बादल सिद्धान्तकार होइनन् । उनी बदलिइरहन्छन् । उनी कतिसम्म बदलिन्छन् भने वर्तमान सरकारमा उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटाबाट गृहमन्त्री भए तर अहिले उनी गुट परिवर्तन गरेर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट भएका छन् । नयाँ गुटमा आफूलाई समाहित गरेपछि बादल अहिले ओलीलाई खुशी पार्ने र पूर्वमाओवादीलाई पेल्ने रणनीतिमा छन् ।

तर असार ५ गते सर्लाहीमा कुमार पौडेलको प्रहरी ईन्काउन्टरमा हत्या भएपछि यो इन्काउन्टर हो कि फेक इन्काउन्टर हो भनेर प्रश्न खडा भयो । यही कुराले चरम रुप लिएपछि सोमबार राज्यव्यवस्था समितिमा प्रचण्ड निकट नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले पाँच ठाउमा हात भाच्चिने गरी कुटेको पौडेलको कसरी इन्काउन्टर हुन सक्छ ? भनेर गृहमन्त्री थापाको सामुन्नेमा सवाल खडा गरिदिए । यो सवालले बादल थप बचाउ गर्नुपर्ने ठाउँमा पुगेका छन् ।

तत्कालीन नेकपा माओवादीमा रहँदा अध्यक्ष प्रचण्डसँग निकट रहेका बादल जब मोहन वैद्यले नेतृत्व गरेको ड्यास माओवादीमा प्रवेश गरे यसपछि बादल र विप्लव दुवैको एउटै लक्ष्य थियो–प्रचण्ड को हुन् सम्म विरोध गर्ने । कञ्चनपुरमा ड्यास माओवादीले थापेको एम्बुसमा प्रचण्ड मुस्किलले बाँच्न सफल भए । तर,त्यही वैद्य माओवादीमा विप्लव विस्तारै पुरानो पुस्ताको नेताले विश्राम लिनुपर्ने र नयाँ पुस्ताले क्रान्तिलाई पूरा गर्नुपर्ने विचार राख्न थाले । विप्लवले एकीकृत जनक्रान्ति भन्न थाले भने बादलको खास केही राजनीतिक लाईन थिएन । तर फुट्ने बेलामा उनले जर्मनीका तानाशाह हिटलरको विचारसँग मिल्दो राष्ट्रिय समाजवादको विचार बोके ।

जब बादलले यो विचार राखे यसपछि सोही पार्टीका तत्कालीन उपाध्यक्ष सीपी गजुरेलले सोधे–तपाईको राष्ट्रिय समाजवाद त हिटलरको विचारसँग मिल्दो जुल्दो छ, कुरा के हो ? जान खोजेको कहाँ हो ? यसपछि बादल चुप बसे । यही बेला हो बादल र विप्लवबीच ठूलो विवाद देखिएको । तर, यसपछि बादल आफूले लाल गद्धार भनेको प्रचण्डसँग लाईन मिलाएर पुरानै पार्टीमा पसे भने विप्लव भूमिगत आन्दोलनतिर लागे ।

कुनै समय नेकपा माओवादीको युद्वमा नै होमिएका लेखक नरेन्द्रजंग पिटर भन्छन्– नयाँ उपलब्धिका लागि पुरानै प्रविधि र पुरानै सोचबाट अघि बढ्दा विप्लवजीहरु एम्बुसमा पर्दै हुनुहुन्छ । विप्लवजीको आन्दोलन जनता र समाजसँग जोडिएको छैन । समाजसँग नजोडिएकोले उनीहरुको आन्दोलनले अपेक्षित लाभ पाउने अवस्था पनि छैन ।

उतिवेला सँगै राजनीति गरेका नेता सीपी गजुरेल भन्छन्– बादलको खास केही राजनीतिक लाईन छैन । उनी विचारमा अब्बल पनि होइनन् । लेखपढ, अध्ययन, चिन्तन भन्दा पनि अन्य काममा उनको रुचि छ । गृहमन्त्री भएपछि चाहिने भन्दा बढी दमनमा उनी उत्रिन थालेका छन् ।
त्यसो त बादलमा यो बदलाव अहिले मात्र होइन पहिले पनि बेला बखतमा हुने गर्दथ्यो । उनी २०५८ सालतिर पार्टीकै महिला नेतासँग लहसिएको थाह पाएपछि यौनवादी र नेतृत्वलाई दागा धर्न खोजेको पाइएपछि लिनप्याओवादी भनेर कारबाहीमा समेत परे । जब उनले म अध्यक्षमा विलिन भएँ भने तब उनको कारबाही फुकुवा भयो ।

राजनीतिक रुपमा बादल माथि भएकोले विप्लवको बादलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनेको थिएन । तर विप्लव पनि चानचुने महत्वाकांक्षी मानिस चाहि होइनन् । उनी पहिलो संविधानसभा चुनावमा पार्टीमा टिकट बाड्ने तहमा थिए, तर सभासद भएनन् । हुन त यतिबेला प्रचण्डकै रणनीति के थियो भने– मुखमा चुनाव, मन र मष्तिष्कमा जनविद्रोह । यही लाईनमा विप्लव उभिए । र, अध्यक्ष दाहाल प्रधानमन्त्री भएपछि उनलाई भूमिसुधार आयोगको प्रमुख बनाउन प्रचण्डले अफर गरेका थिए तर उनले आयोगमा बसेर केही गर्न सकिन्न भनेर पार्टीकै केही नेताले पद नखान दवाव दिएपछि प्रचण्डको अफर स्वीकारेनन् ।

विप्लवको समूह राजनीति हो कि अराजनीतिक हो ? भनेर सरकारले अझै किटान गर्न सकेको छैन । आतंककारी भनेपनि स्वयम् प्रधानमन्त्रीले विप्लवको गतिविधि मात्र आतंककारी भएको बताएर समूह चाहि राजनीतिक भनेका छन् । तर, गृहमन्त्री भने यसमा मौन छन् । सोमबार राज्यब्यवस्था समितिकै हलमा नेकपा नेता जनार्दन शर्माले वार्ताबाट नै सहमतिमा ल्याउनुपर्छ भने । तर वादल बोलेनन् ।

यता विप्लवको अवस्था पनि कस्तो छ भने उनले एकीकृत जनक्रान्ति भनेर ल्याउन खोजेको ब्यवस्था के हो ? र, जान खोजेको कहाँ हो ? भन्ने राजनीतिक रुपमा प्रष्ट पार्न सकेका छैनन् । कतिसम्म भने एकपटक विप्लवलाई सहयोग गर्न तयार भएका गोपाल किराँती समेत यही लाईन प्रष्ट नहुँदा विप्लवलाई सहयोग गर्ने ठाउँमा पुगेनन् । अर्थात बादल मात्र होइन विप्लव पनि अस्पष्ट छन् ।

कुनै समय नेकपा माओवादीको युद्धमा नै होमिएका लेखक नरेन्द्रजंग पिटर भन्छन्– नयाँ उपलब्धिका लागि पुरानै प्रविधि र पुरानै सोचबाट अघि बढ्दा विप्लवजीहरु एम्बुसमा पर्दै हुनुहुन्छ । विप्लवजीको आन्दोलन जनता र समाजसँग जोडिएको छैन । समाजसँग नजोडिएकोले उनीहरुको आन्दोलनले अपेक्षित लाभ पाउने अवस्था पनि छैन ।

पिटरले संकेत गरेको कुरालाई अलि खुला पार्ने हो भने राज्यविरुद्ध लड्छु भनेको विप्लव समूहको आन्दोलन टेलिफोन ट्रयाकिङ को कारण धरापमा परिरहेको छ । जस्तो, असार ५ गते सर्लाहीमा मारिनु अघि कुमार पौडेलले सोही विहान श्रीमतीसँग टेलिफोनमा कुरा गरेका थिए । यसैगरी, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पनि यही फोनकै कारण समातिएका हुन ।

र, अझ उदेकलाग्दो कुरा के छ भने भूमिगत आन्दोलन गरिरहेको नेकपा विप्लव समूहका नेताहरु गाडीमा आरामसँग सवार भइरहेका देखिन्छन् ।  कुनै समय कुममा कुम जोडेर हिड्ने नेता नियतिले अहिले विपरीत ध्रुवमा देखिएका छन् । बादल र विप्लवको कर्म र भूमिका नै यस्तो छ कि एउटाको असफलतामा नै अर्काको सफलता निहित छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : ४२ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध