विप्लव नेकपाको बन्दः ३४ जिल्लामा ५५ घटना (प्रहरीको सूचीसहित) « Khabarhub

विप्लव नेकपाको बन्दः ३४ जिल्लामा ५५ घटना (प्रहरीको सूचीसहित)


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव मुलुकका ३४ जिल्लामा परेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार विभिन्न ३४ जिल्लामा साना–ठूला गरी ५५ वटा घटना भएका छन् ।

प्रहरीले मुलुकका विभिन्न स्थानमा २३ शंकास्पद वस्तु फेला पारेको जनाएको छ । त्यस्तै, मुलुकका विभिन्न ५ स्थानमा आगजनी भएको र ५ स्थानमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, ९ स्थानमा होक्स बम, ४ स्थानमा सुतली बम, ३ स्थानमा सिलिण्डर ग्यास बम, २ स्थानमा सकेट बमका साथै एक–एक स्थानमा टाइम बम, पेट्रोल बम र आरसी आईईडी बम फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार एक स्थानमा तोडफोडको घटना भएको छ । त्यस्तै, प्रहरीले मुलुकका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : २५ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध