विप्लव नेकपाको बन्दः ३४ जिल्लामा ५५ घटना (प्रहरीको सूचीसहित) « Khabarhub

विप्लव नेकपाको बन्दः ३४ जिल्लामा ५५ घटना (प्रहरीको सूचीसहित)


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव मुलुकका ३४ जिल्लामा परेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार विभिन्न ३४ जिल्लामा साना–ठूला गरी ५५ वटा घटना भएका छन् ।

प्रहरीले मुलुकका विभिन्न स्थानमा २३ शंकास्पद वस्तु फेला पारेको जनाएको छ । त्यस्तै, मुलुकका विभिन्न ५ स्थानमा आगजनी भएको र ५ स्थानमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, ९ स्थानमा होक्स बम, ४ स्थानमा सुतली बम, ३ स्थानमा सिलिण्डर ग्यास बम, २ स्थानमा सकेट बमका साथै एक–एक स्थानमा टाइम बम, पेट्रोल बम र आरसी आईईडी बम फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार एक स्थानमा तोडफोडको घटना भएको छ । त्यस्तै, प्रहरीले मुलुकका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ६ : २५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ