विपत्तिबाट जोगिन उच्च सतर्कता « Khabarhub

विपत्तिबाट जोगिन उच्च सतर्कता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पुर्‍याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै सामग्री तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले जानकारी दिए ।

आपत्कालीन अवस्थाका लागि दुई थान एम्बुलेन्स, तीन स्काभेटर, एक लोडर, एक जेसिभी, तीन टिपरलगायतका साधन तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले बताए। नगरभित्र कतै समस्या परेमा तत्कालै यी सामग्री लिएर उद्धार गरिने शेर्पाले जानकारी दिए । नगरपालिकाले औषधि, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सबै सामग्री खरीद गरेर तयारी अवस्थामा राखेको छ ।

राजमार्गलगायत सहायकमार्गमा पहिरोले सडक अवरुद्ध हुँदासमेत नगरपालिकाले तत्कालै खुलाउन टोली तयारी हालतमा राखेको साथै स्वास्थ्य, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै निकायसँग समन्वय गरेर नगरवासीलाई दैवी विपत्तिबाट जोगाउनका लागि लागिरहेको प्रमुख शेर्पाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा