विपत्तिबाट जोगिन उच्च सतर्कता « Khabarhub

विपत्तिबाट जोगिन उच्च सतर्कता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अविरल वर्षाले देशभर व्यापकरूपमा धनजनको क्षति पुर्‍याइरहेको बेला बाढीपहिरोबाट उच्च जोखिममा रहेको बाह्रविसे नगरपालिकाले आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको छ । भोटेकोशी बाढीबाट वर्षैपिच्छे जनधनको क्षति व्यहोर्दै आएको नगरपालिकाले विपद् व्यवस्थापनको बैठक बसेर सबै सामग्रीसहित आफ्ना सबै निकायलाई उच्च सतर्कतामा राखेको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सकेसम्म विपद्बाट जोगिन र विपद् भइहालेमा तत्काल उद्धार र राहतका लागि नगरपालिकाभित्र सबै निकायलाई सामग्रीसहित तयारी हालतमा राखिएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाढीपहिरोबाट राजमार्ग र सहायकमार्गमा हुनसक्ने यातयात अवरोधलाई सहज बनाउनका लागि मध्यभोटेकोशी जलविद्युत् आयोजना, डिभिजन सडक कार्यालयलगायतका सरकारी निकायसँग समन्वय गरेर सबै सामग्री तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले जानकारी दिए ।

आपत्कालीन अवस्थाका लागि दुई थान एम्बुलेन्स, तीन स्काभेटर, एक लोडर, एक जेसिभी, तीन टिपरलगायतका साधन तयारी अवस्थामा राखिएको प्रमुख शेर्पाले बताए। नगरभित्र कतै समस्या परेमा तत्कालै यी सामग्री लिएर उद्धार गरिने शेर्पाले जानकारी दिए । नगरपालिकाले औषधि, त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सबै सामग्री खरीद गरेर तयारी अवस्थामा राखेको छ ।

राजमार्गलगायत सहायकमार्गमा पहिरोले सडक अवरुद्ध हुँदासमेत नगरपालिकाले तत्कालै खुलाउन टोली तयारी हालतमा राखेको साथै स्वास्थ्य, शिक्षा, प्रहरी, सशस्त्र प्रहरीलगायत सबै निकायसँग समन्वय गरेर नगरवासीलाई दैवी विपत्तिबाट जोगाउनका लागि लागिरहेको प्रमुख शेर्पाले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ९ : २७ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु