यी ३ नायिका, जो प्रेमीसँगको ‘चुम्बन’का कारण विवादमा तानिए « Khabarhub

यी ३ नायिका, जो प्रेमीसँगको ‘चुम्बन’का कारण विवादमा तानिए


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नेपाली नायिकाहरुले आफ्नो ब्यायफ्रेन्डसँग सार्वजनिक रुपमै चुम्बन गर्ने विषय खासै नौलो होइन । यतिबेला भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र उनका ब्यायफ्रेन्ड देवांश राणाले चुम्बन गरेका केही तस्वीर सार्वजनिक भएपछि यो धेरैको चासोको विषय बनेको छ ।

तस्वीरहरू सार्वजनिक गरेपछि साम्राज्ञीलाई सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । तर यसरी तस्वीर आउट गराउने साम्राज्ञी पहिलो नायिका भने होइनन् ।

दुई वर्षअघि नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीलाई एक अवार्ड कार्यक्रममा सार्वजनिक रुपमै चुम्बन गरेकी थिइन् । त्यो चुम्बनले प्रियंकालाई साम्राज्ञीलाई जस्तो विवादमा त ल्याएन । तर त्यो अप्रत्यासित भएको धेरैको भनाइ थियो ।

राजधानीमा भएको एक अवार्ड समारोहमा आमासँगै आएकी प्रियंकाले अवार्ड समारोहमा आयुष्मानलाई चुम्बन गरेकी थिइन् । अवार्ड समारोहमा नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन भएपछि प्रियंकाले चुम्बन गरेकी थिइन् । सामाजिक सञ्जालमा पनि आयुष्मानसँगको सामीप्यता शेयर गरिरहेकी हुन्छिन् उनले ।

प्रियंकाले मात्र होइन, यसअघि नायिका आना शर्माले पनि आफ्ना ब्यायफ्रेन्डसँगको चुम्बन सार्वजनिक गरेकी थिइन् । फिल्मी करिअरमा खासै सफल बन्न नसकेकी आना यही चुम्बनका कारण चर्चामा आइन् । पछि चर्चा आफै सेलायो ।

आनाले आफ्ना प्रेमी सोनाम छिरिङ शेर्पासँग चुम्बन गरेको तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

यी दुई घटनालाई बिर्साउने गरी अहिले साम्राज्ञी शाहको चर्चा चुलिएको छ । चर्चा यति धेरै किन पनि भइरहेको छ भने साम्राज्ञी र उनका प्रेमी देवांश विदा मनाउन इन्डोनेसियाको बाली पुगेका थिए । त्यहाँ उनीहरुले समुद्री तटमा रोमान्स गरिरहेका तस्वीर शेयर गरेका थिए । जुन तस्वीरले साम्राज्ञीलाई विवादको चुचुरोमा पु–याएको छ । शायद, उनका तस्वीर अलि बढी नै अपाच्य लाग्यो दर्शकलाई ।

 

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ५५ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म