चन्द्र अभियान एपोल ११ सँग जोडिएका तीन भिडियो महँगो मूल्यमा लिलाम « Khabarhub

चन्द्र अभियान एपोल ११ सँग जोडिएका तीन भिडियो महँगो मूल्यमा लिलाम


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ५० वर्ष अगाडि सन् १९६९ जुलाई २० तारिखका दिन चन्द्रमामा पहिलो पटक मानवले पाइला टेकेको थियो ।

चन्द्रमामा पहिलो पटक मानव पुर्‍याउने अभियानको तीनवटा भिडियो टेप भने हालै महँगो मूल्यमा लिलामी भएको छ । निल आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पटक मानव पाइला राखेका थिए भने उनीसँगै गएका एड्विन बज एल्ड्रिनले त्यसपछि चन्द्र सतहमा टेकेका थिए ।

उनीहरुले चन्द्र सतहमा २१ घण्टा ३१ मिनेटसम्म बिताएका थिए । मानव इतिहासमै अभुतपूर्व सफलता हात परेको उक्त घटनाको ५० वर्षगाँठको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरियो । यसैक्रममा चन्द्र मिसनसँग जोडिएका तीन भिडियो टेप लिलामी गरियो ।

ति तीन मुख्य नासाको भिडियो टेप १ दशमलब ८२ मिलियन डलरमा लिलामी भएको हो ।

उक्त भिडियो टेपमा चन्द्रमामा निल आर्मस्ट्रङ्गको पहिलो पाइला, यसका साथै उनीसँगै गएका बज एल्ड्रिनले पनि पाइला राखेको दृष्य कैद गरिएको छ ।

चन्द्रमा पुगेका दुवैले यानबाट ओर्लदै गरेको दृष्य, चन्द सतहमा अमेरिकाको झण्डा फहराइएकोलगायतका सबै दृष्य टेपमा रहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : २८ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई