विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग « Khabarhub

विद्युत् सेवा नियमित गर्न जेन-जी युवाको माग


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जेन-जी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा विद्युत् सेवालाई  सुचारु गर्न माग गरेका छन् । 

जेन-जी युवा फन्टका संयोजक सुरेन्द्र थापाका नेतृत्वको टोलीले सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र हस्तान्तरण गर्दै नियमित विद्युत् सुचारु गर्न माग गरेको हो ।  

उनका अनुसार दैनिक विद्युत् अवरोध हुँदा जनताले सास्ती भोग्न परेको छ । जेन-जी युवाका जिल्ला सचिव प्रवेश खड्काले पटक–पटक विद्युत् अवरोध हुने गरेको कारण बैंकसहित सरकारी कार्यालयमा ग्राहकले नियमित सेवा प्राप्त गर्न कठिनाइ हुन थालेको कारण जनगुनासो व्यापक उठ्न थालेकाले आफूहरूले विद्युत् नियमित सुचारु गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको बताए ।

कार्यालय प्रमुख झाले पछिल्ला दिन प्रायः दैनिक हावाहुरी चल्ने गरेको कारण विद्युत् सेवा अवरोध भइरहेको र  आफूहरूले यस्तो अवरोध हटाउन नियमित प्रयास गर्दै आइरहेका जानकारी दिए । 

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : २३ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५