मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो « Khabarhub

मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्य घट्यो


१६ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– मध्यपूर्वमा तनाव कम हुँदै युद्धविरामको वातावरण बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ।

श्रीलङ्का पेट्रोलियम कर्पोरेसनले मङ्गलबारदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँले घटाएर ३८२ रुपैयाँ र पेट्रोलको मूल्य २० रुपैयाँले घटाएर ४१४ रुपैयाँ कायम गरेको जनाएको छ। यो कटौती करिब छ प्रतिशतसम्म रहेको बताइएको छ।

अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि वार्ता गर्ने सहमति बनेपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्य तीव्र रूपमा घट्न थालेको छ। सोही प्रभावस्वरूप श्रीलङ्काले पनि इन्धनको मूल्य समायोजन गरेको हो।

यसअघि गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको थियो। त्यसको प्रभावस्वरूप श्रीलङ्काले पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा बढाएको थियो।

द्वन्द्वका कारण आयात लागत बढेपछि सरकारले विद्युत् उत्पादनको खर्च व्यवस्थापन गर्न बिजुलीको महसुल पनि करिब एकतिहाइले वृद्धि गरेको थियो।

आयातित पेट्रोलियम पदार्थ र कोइलामा अत्यधिक निर्भर रहेको श्रीलङ्काका लागि मध्यपूर्वमा लामो समयसम्म जारी रहने कुनै पनि द्वन्द्वले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने भन्दै अधिकारीहरूले यसअघि नै चेतावनी दिएका थिए।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : २३ बजे

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर

११७ वर्षमा पनि जीवनप्रति उत्तिकै उत्साह

एजेन्सी– अल्बानियाकी ११७ वर्षीया कामिल मार्रा सम्भवतः विश्वकै सबैभन्दा वृद्ध

भारत-अमेरिका व्यापार सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य, नेपोलियनको गोप्य सन्देश छ घण्टामै पढियो

टोकियो– कृत्रिम बौद्धिकता (एआई) को सहायताले दुई सय वर्षभन्दा पुरानो

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

घोराही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य