सामाजिक सञ्जालमार्फत राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान क्षेत्रीको दुखेसो « Khabarhub

सामाजिक सञ्जालमार्फत राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान क्षेत्रीको दुखेसो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले आफूहरुको योगदान युवा तथा खेलकुद मन्त्रालयले नबुझेको भन्दै दुखेसो पोखेकी छन् ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयले साफ उपविजेता महिला खेलाडीसहित पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा खेलकर्मीलाई सम्मान गरेपछि कप्तान क्षेत्रीले फेसबुकमार्फत असन्तुष्टि जनाएकी हुन् । सरकार तथा सम्बद्ध निकायले खेलकर्मीलाई सम्मान गर्नु स्वागत योग्य भएको उल्लेख गर्दै महिला टोलीको मेहनतको नजरअन्दाज गरिएको बताएकी छन् ।

थाइल्याण्डमा सम्पन्न टि–ट्वान्टी स्म्यासको उपविजेता र विश्वकप छनोटमा उपविजेता बनेको राष्ट्रिय महिला टोलीको योगदानलाई सरकारले बिर्सिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी हुन् ।

असन्तुष्ट रुविनाले सरकारप्रति आक्रोश पोख्दै प्रश्न राखेकी छन्, ‘सबैले आफ्नो हकको सम्मान पाउँदा के हामीलाई चाहिँ सम्मानको हक छैन ?’

हक्की र स्पष्ट कप्तान क्षेत्रीले महिला क्रिकेट सुस्ताएको समयमा पाएको अन्तर्राष्ट्रिय सफलता र खेलाडीको मेहनतको कदर नभएको गुनासो गरेकी हुन् ।
‘कसलाई सोधौँ, म यो प्रश्न ? कसलाई भनौं कि हामीलाई कति धेरै दुःख छ । हामीलाई पनि जिउने बाटो दिनुस्,’ रुविनाले लेखेकी छन् ।

कप्तान क्षेत्रीले आगामी दिन महिला क्रिकेटमा लाग्न नयाँ खेलाडीलाई कसरी उत्प्रेरणा दिने भन्दै गम्भिर प्रश्न पनि गरेकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ०१ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले