११८ अनाथ बालबालिका पालेकी ‘लभ मदर’लाई २० वर्षको जेल! « Khabarhub

११८ अनाथ बालबालिका पालेकी ‘लभ मदर’लाई २० वर्षको जेल!


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

११८ अनाथ बालबालिका पालेर ‘लभ मदर’को छवि बनाएकी एक महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर चीनको हो । अहिले ५४ वर्ष पुगेकी हेवेइ प्रान्तमा बस्ने ली यान्सीलाई हेवाइ प्रान्तको अदालतले २० वर्षको जेल सजाय तोकेको हो । उनीमाथि जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोप छ ।

उनलाई ३ लाख ८८ हजार अमेरिकी डलर जरिबाना गरिएको छ। उनको प्रेमीसहित अन्य १५ जनालाई पनि सजाय तोकिएको बीबीसीले जनाएको छ।

अदालतले लीले अनाथालयको प्रभावका दुरूपयोग गरेको पाइएको बताएको छ। “उनले आर्थिक फाइदा र अन्य अपराधका लागि समूहमा अन्यसँग मिलेर धोकाबाजी गरेकी छन्,” अदालतले सामाजिक सञ्जालमा हालेको सूचनामा लेखिएको छ।

उनको प्रेमी सु चीलाई साढे १२ वर्ष जेल सजाय र जरिबाना तिराइएको छ। अन्यलाई चार वर्षसम्मको जेल सजाय तोकिएको छ।

सन् २००६ मा लीले आफ्नो प्रान्तमा दर्जनौँ अनाथ बालबालिकालाई पालिरहेको खबर छापिएपछि उनी चर्चित भएकी थिइन्।

उनले आफूले वैवाहिक सम्बन्ध बिच्छेद गरेको र पूर्वपतिले सात हजार युआनमा बेचेको छोरालाई फिर्ता पाएपछि अन्य बालबालिकालाई सहयोग गर्न थालेको बताएकी थिइन्।

त्यसपछिका वर्षहरूमा उनले अकुत सम्पत्ति कमाइन् र प्रान्तकै सबैभन्दा धनी महिला बनिन्। उनले फलाम खानी पनि किनेकी थिइन्।

उनले थुप्रै बालबालिकाहरूलाई पाल्न थालेपछि लभ भिलेज अर्थात मायाको गाउँ नामक अनाथालय खोलिकी थिइन्।

सन् २०१७ मा उनको अनाथालयमा भएको बालबालिकाको सङ्ख्या एक सय १८ थियो।

त्यही वर्ष सरकारले उनको शङ्कास्पद् गतिविधिको बारेमा खोज शुरू गरेको थियो। सन् २०१८ को मेमा उनको खातामा दुई करोड युआन र २० हजार अमेरिकी डलर भएको पत्ता लगाएको थियो। उनीसँग ल्यान्ड रोभर र मर्सेडिज बेञ्जजस्ता विलासी गाडीहरू पनि थिए।

सन् २०११ देखिनै उनले गैरकानुनी काम गरिरहेको बताइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ०७ बजे

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,