११८ अनाथ बालबालिका पालेकी ‘लभ मदर’लाई २० वर्षको जेल! « Khabarhub

११८ अनाथ बालबालिका पालेकी ‘लभ मदर’लाई २० वर्षको जेल!


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

११८ अनाथ बालबालिका पालेर ‘लभ मदर’को छवि बनाएकी एक महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर चीनको हो । अहिले ५४ वर्ष पुगेकी हेवेइ प्रान्तमा बस्ने ली यान्सीलाई हेवाइ प्रान्तको अदालतले २० वर्षको जेल सजाय तोकेको हो । उनीमाथि जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोप छ ।

उनलाई ३ लाख ८८ हजार अमेरिकी डलर जरिबाना गरिएको छ। उनको प्रेमीसहित अन्य १५ जनालाई पनि सजाय तोकिएको बीबीसीले जनाएको छ।

अदालतले लीले अनाथालयको प्रभावका दुरूपयोग गरेको पाइएको बताएको छ। “उनले आर्थिक फाइदा र अन्य अपराधका लागि समूहमा अन्यसँग मिलेर धोकाबाजी गरेकी छन्,” अदालतले सामाजिक सञ्जालमा हालेको सूचनामा लेखिएको छ।

उनको प्रेमी सु चीलाई साढे १२ वर्ष जेल सजाय र जरिबाना तिराइएको छ। अन्यलाई चार वर्षसम्मको जेल सजाय तोकिएको छ।

सन् २००६ मा लीले आफ्नो प्रान्तमा दर्जनौँ अनाथ बालबालिकालाई पालिरहेको खबर छापिएपछि उनी चर्चित भएकी थिइन्।

उनले आफूले वैवाहिक सम्बन्ध बिच्छेद गरेको र पूर्वपतिले सात हजार युआनमा बेचेको छोरालाई फिर्ता पाएपछि अन्य बालबालिकालाई सहयोग गर्न थालेको बताएकी थिइन्।

त्यसपछिका वर्षहरूमा उनले अकुत सम्पत्ति कमाइन् र प्रान्तकै सबैभन्दा धनी महिला बनिन्। उनले फलाम खानी पनि किनेकी थिइन्।

उनले थुप्रै बालबालिकाहरूलाई पाल्न थालेपछि लभ भिलेज अर्थात मायाको गाउँ नामक अनाथालय खोलिकी थिइन्।

सन् २०१७ मा उनको अनाथालयमा भएको बालबालिकाको सङ्ख्या एक सय १८ थियो।

त्यही वर्ष सरकारले उनको शङ्कास्पद् गतिविधिको बारेमा खोज शुरू गरेको थियो। सन् २०१८ को मेमा उनको खातामा दुई करोड युआन र २० हजार अमेरिकी डलर भएको पत्ता लगाएको थियो। उनीसँग ल्यान्ड रोभर र मर्सेडिज बेञ्जजस्ता विलासी गाडीहरू पनि थिए।

सन् २०११ देखिनै उनले गैरकानुनी काम गरिरहेको बताइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ०७ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र