‘नेपालसँग स्थायी साझेदारी गर्ने चीनको चाहना’ « Khabarhub

‘नेपालसँग स्थायी साझेदारी गर्ने चीनको चाहना’


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-छिमेकी राष्ट्र चीनले नेपालसँग सँधै स्थायी साझेदारी गर्न चाहेको जनाएको छ। चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले बिहीबार साँझ राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग अनन्तकालसम्म रहिरहने सहयोगात्मक साझेदारी आफ्नो देशको चाहना भएको बताए ।

चीनले कहीँ पनि आधिपत्य जमाउन नखोजेको स्पष्ट गर्दै विश्व शान्ति र प्रगतिका निम्ति संयुक्त राष्ट्रसङ्घीय शान्तिसैन्यमार्फत चीनले शान्ति, समृद्धि एवं स्थायित्व प्रवद्र्धनलाई नै केन्द्रमा राखेर विदेशनीति सञ्चालन गरिरहेको बताए ।

चिनियाँ राष्ट्रपतिको निमन्त्रणा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले यसैवर्ष गरेको चीनको राजकीय भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै राजदूत हउले परम्परागत द्विपक्षीय सम्बन्धलाई दुई देशका उच्च सैनिक तहमा पनि प्रगाढ तुल्याइएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानसेनापति पूर्णचन्द्र थापाले एकचीन नीतिप्रतिको नेपालको दृढ प्रतिबद्धता दोहोर्‍याउँदै ‘सगरमाथा अभ्यास’ जस्ता चिनियाँ जनमुक्ति सेनासँगका साझा व्यावसायिक सैन्य अभ्यासले दुई देशको सम्बन्धलाई सुमधुर बनाएको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : २१ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा