प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि « Khabarhub

प्रहरीमा हट्दै ३० वर्षे सेवाअवधि


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको ३० वर्षे सेवाअवधि हटाउने भएको छ । संघीय प्रहरी ऐनमार्फत् सेवाअवधिको व्यवस्था हटाएर उमेरहद र पदावधि मात्रै कायम गर्न गृह मन्त्रालयले तयारी थालेको छ ।

स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलकै सक्रियतामा यस्तो व्यवस्था हुन लागेको हो । ऐनको मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ ।

अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो । मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ ।

प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०४ बजे

सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौँ – प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ

जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

जुम्ला – हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना

पहिरोले त्रिशूली–गल्छी सडक खण्ड अवरुद्ध

काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे

चाडपर्वमा सवारी दुर्घटना बढ्ने जोखिम

सुर्खेत – कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना

गुल्मीमा सुपथ मूल्य पसल सञ्चालन

काठमाडौँ – चाडबाडका समयमा उपभोक्ताको सहजताका लागि गुल्मीमा सुपथ पसल