अध्ययनले देखायो धेरै तातो चिया पिउनु स्वास्थ्यका लागि खतरा « Khabarhub

अध्ययनले देखायो धेरै तातो चिया पिउनु स्वास्थ्यका लागि खतरा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिया पिउने कुरा समान्य हो । साथीभाइसँग भेट हुँदा होस् या विहान उठ्नासाथ नै किन नहोस् चिया पिउने कुरालाई दैनिकी नै भन्दा हुन्छ ।

हामीले दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुराबारे हामी अनबिज्ञ हुन्छौं ।

संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानले धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खतरापूर्ण हुने देखाएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलिमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ति देशहरुमा गरिएको थियो जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पेय पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

यस समस्याबाट बच्न अनुसन्धानकर्ता बैज्ञानिकहरुले तातो चिया या अन्य पेय पदार्थ पिउनु अगाडि पिउन लायक तातो छ की छैन एक पटक जानकारी लिएर मात्र पिउन सल्लाह दिएका छन् । यसो गर्नाले खाना नलीलाई कुनै असर हुदैन र क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले दिएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ३८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग