अध्ययनले देखायो धेरै तातो चिया पिउनु स्वास्थ्यका लागि खतरा « Khabarhub

अध्ययनले देखायो धेरै तातो चिया पिउनु स्वास्थ्यका लागि खतरा


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिया पिउने कुरा समान्य हो । साथीभाइसँग भेट हुँदा होस् या विहान उठ्नासाथ नै किन नहोस् चिया पिउने कुरालाई दैनिकी नै भन्दा हुन्छ ।

हामीले दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुराबारे हामी अनबिज्ञ हुन्छौं ।

संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानले धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खतरापूर्ण हुने देखाएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलिमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ति देशहरुमा गरिएको थियो जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पेय पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

यस समस्याबाट बच्न अनुसन्धानकर्ता बैज्ञानिकहरुले तातो चिया या अन्य पेय पदार्थ पिउनु अगाडि पिउन लायक तातो छ की छैन एक पटक जानकारी लिएर मात्र पिउन सल्लाह दिएका छन् । यसो गर्नाले खाना नलीलाई कुनै असर हुदैन र क्यान्सरको खतरा पनि कम हुने अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले दिएका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  ७ : ३८ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित