भीआरले मानेन रोनाल्डोको गोल, युभेन्टस विजयी « Khabarhub

भीआरले मानेन रोनाल्डोको गोल, युभेन्टस विजयी


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको गोल अफसाइड दिँदा पनि इटालीयन जाइन्ट युभेन्ट्सले जीत हात पारेको छ ।

इटालीयन लिग सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्सले परमालाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो नयाँ सिजनको शुरुवात गरेको छ ।

युभेन्ट्सका लागि कप्तान जर्जीया चिइलीइनीले खेलको २१ औं मिनेटमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए ।

त्यसपछि स्टार खेलाडी रोनाल्डोले गोल गरेपनि असिस्टेन्ट रेफ्रि (भिएआर) ले उनको गोललाई अफसाइड संकेत गरेपछि युभेन्ट्सले दोस्रो गोल गर्न सकेन ।

युभेन्ट्सले सिरी ए को पहिलो खेलमा परमासँग खेलिरहँदा मुख्य प्रशिक्षक माउरिझियो सारी भने टिममा उपस्थित थिएनन् । उनी निमोनिया भएपछि टिमबाट केही समयका लागि बाहिर बसेका छन् ।

त्यस्तै, उनले नेपोलीविरुद्धको अर्को खेल पनि गुमाउने बताइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १० : ४७ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख