युनाइटेडलाई क्रिष्टल प्यालेसको धक्का | Khabarhub Khabarhub

युनाइटेडलाई क्रिष्टल प्यालेसको धक्का


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड क्रिस्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको हो ।

युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन जोर्डन आयु र प्याट्रिक भ्यान एन्होल्टले एक एक गोल गरे । युनाईटेडका ड्यानिल जेम्सले एक गोल फर्काए ।

घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि युनाईटेड पहिलो हाफमै एक गोलले पछि परेको थियो । खेलको ३२ औं मिनेटमा जोर्डनको गोलबाट क्रिस्टलले अग्रता बनाएको थियो । दोस्रो हाफमा ७० औं मिनेटमा युनाईटेडले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो । तर, मार्कस राष्फोर्डले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा जेम्सले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा प्याट्रिकले गोल गर्दै क्रिस्टललाई २–१ को जित दिलाए । पराजित युनाइटेडको ३ खेलबाट ४ अंकमात्रै रहेको छ भने क्रिष्टल प्यालेसको पनि ४ अंक नै रहेपनि गोल डिफिरेन्सका आधारमा १० औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४० बजे

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको