समाचार प्रभाव: कान्तिले ३ दिनभित्रै मर्मत गर्‍यो पानी चुहिएको भवन « Khabarhub

समाचार प्रभाव: कान्तिले ३ दिनभित्रै मर्मत गर्‍यो पानी चुहिएको भवन


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पताल भित्र पानी चुहिने सिलिङको एक महिनापछि मर्मत भएको छ । अस्पतालको मेडिकल वार्डतर्फ जाने बाटोमा एकमहिना अघिदेखि पानी चुहिन्थ्यो ।

अस्पतालको प्रयोगजनका लागि जडान गरिएको पानीको पाइप सिलिङ भित्रै फुटेर पानी चुहिने भएपनि अस्पतालले एक महिनासम्म मर्मत गरेको थिएन ।

एकमहिनासम्म मेडिकल वार्डमा जाने बाटोमा पानी चुहिदा पनि अस्पतालले नबनाएपछि खबरहबले सो विषयमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि कान्ति अस्पतालले पानी चुहिएको ठाउँ ३ दिनभित्रै मर्मत गरेको छ ।

‘ढलानभित्रै पानीको पाइप फुटेर पानी चुहिएको थियो,’ अस्पतालका निर्देशक आरपी विच्छाले भने, ‘तीन दिनलगाएर छतबाट ढलान नै फुटाएर पाइन मर्मत गरी चर्किएको भाग पनि बनाइसकेका छौं । अब बिरामीलाई त्यहा जोखिम छैन ।’

यसअघि एक महिनासम्म मेडिकल वार्डतर्फ जाने बाटोमा पानी चुहिदा मेडिकल वार्डमा आवतजावत गर्ने बिरामी बालबालिका, बिरामी कुरुवा र चिकित्सकहरु समस्यामा परेका थिए । एक महिनासम्म सिलिङबाट पानी चुहिदा भवनको सिलिङ नै चर्किएको थियो ।

यो पनि पढ्नुस्

कान्तिको कन्तबिजोग– बाहिर घाम लाग्दा अस्पताल भित्र पानीको वर्षा !

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ३८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब