सुनको मूल्य फेरि बढ्यो, नयाँ मूल्य कति पुग्यो « Khabarhub

सुनको मूल्य फेरि बढ्यो, नयाँ मूल्य कति पुग्यो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजार २ सयका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजारमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला ५/१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला २० वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८५० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८३० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला ७ हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी सुन ६४ हजार २ सय र चाँदी प्रतितोला ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय, तेजाबी सुन ७१ हजार २ सय तथा चाँदी प्रतितोला ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८.५० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १ : ४० बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल