मोफसलमा साम्राज्ञीको यस्तो क्रेज? « Khabarhub

मोफसलमा साम्राज्ञीको यस्तो क्रेज?


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित चलचित्र ‘मारुनी’ को टिम यतिबेला मोफसलको टुरमा छ । फिल्मको प्रचारका लागि चलचित्र युनिट मोफसलमा उत्रिएको हो ।

रिलिजअघि राम्रै हाइप बनाएको यो फिल्म नेपालगञ्जममा कन्सर्ट गरेपछि काठमाडौं फर्कनेछ ।

कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी रहनेछन् । बाली काण्डले साम्राज्ञीलाई विवादमा ल्याए पनि मोफसलमा भने उनको क्रेज देखिएको छ । उनलाई भेट्न इटहरीमा ४ घन्टासम्म फ्यानले पर्खिबसेका थिए ।

पूर्वको इटहरी चोकमा गरेको थियो । कन्सर्टमा पुष्प खड्का र साम्राज्ञीलाई फ्यानले खुबै माया दर्शाएका थिए । कति फ्यान त साम्राज्ञीको पर्खाइमा होटलसम्म नै पुगेका थिए । यद्यपि होटलका सुरक्षाकर्मीले उनीहरुलाई होटलभित्र छिर्न दिएनन् ।

कतिपयले फ्यानले गिफ्ट दिएको र कति रोएको पनि साम्राज्ञीले बताइन् । आफूलाई भेट्दा फ्यान रोएपछि उनलाई नरमाइलो लागेको उनको भनाइ थियो ।

यस्तै चितवनको नारायणी किनारमा चलचित्रको प्रचारका लागि गरिएको कन्सर्टमा पनि फ्यानको बाक्लो उपस्थिति थियो । चितवनमा साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई हम्मे परेको बताइएको छ । स्टेजसम्म पुगेकी साम्राज्ञीसँग तस्वीर खिचाउन स्टेजमै उनका फ्यान चढेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ३ : ५४ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री