मोफसलमा साम्राज्ञीको यस्तो क्रेज? « Khabarhub

मोफसलमा साम्राज्ञीको यस्तो क्रेज?


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित चलचित्र ‘मारुनी’ को टिम यतिबेला मोफसलको टुरमा छ । फिल्मको प्रचारका लागि चलचित्र युनिट मोफसलमा उत्रिएको हो ।

रिलिजअघि राम्रै हाइप बनाएको यो फिल्म नेपालगञ्जममा कन्सर्ट गरेपछि काठमाडौं फर्कनेछ ।

कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी रहनेछन् । बाली काण्डले साम्राज्ञीलाई विवादमा ल्याए पनि मोफसलमा भने उनको क्रेज देखिएको छ । उनलाई भेट्न इटहरीमा ४ घन्टासम्म फ्यानले पर्खिबसेका थिए ।

पूर्वको इटहरी चोकमा गरेको थियो । कन्सर्टमा पुष्प खड्का र साम्राज्ञीलाई फ्यानले खुबै माया दर्शाएका थिए । कति फ्यान त साम्राज्ञीको पर्खाइमा होटलसम्म नै पुगेका थिए । यद्यपि होटलका सुरक्षाकर्मीले उनीहरुलाई होटलभित्र छिर्न दिएनन् ।

कतिपयले फ्यानले गिफ्ट दिएको र कति रोएको पनि साम्राज्ञीले बताइन् । आफूलाई भेट्दा फ्यान रोएपछि उनलाई नरमाइलो लागेको उनको भनाइ थियो ।

यस्तै चितवनको नारायणी किनारमा चलचित्रको प्रचारका लागि गरिएको कन्सर्टमा पनि फ्यानको बाक्लो उपस्थिति थियो । चितवनमा साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई हम्मे परेको बताइएको छ । स्टेजसम्म पुगेकी साम्राज्ञीसँग तस्वीर खिचाउन स्टेजमै उनका फ्यान चढेका थिए ।

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  ३ : ५४ बजे

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार