९ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको सुन्दरता (फोटो फिचर) « Khabarhub

९ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको सुन्दरता (फोटो फिचर)


८ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय लाइमलाइटमा छिन् । दैनिकजसो उनी कतै न कतै व्यस्त भइरहन्छिन् । हाल उनी चलचित्र ‘मारुनी’ को प्रचारका लागि खुलेर लागेकी छिन् ।

चलचित्र ‘मारुनी’ मा क्रेजी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाउँछिन् । उनी भन्छिन्, ‘यो फिल्मको क्यारेक्टरले मलाई लोभ्यायो, तर वास्तविक जीवनमा म आफूलाई बढी माया गर्छु, मारुनीमा मैले एक प्रेममा पागल बन्न सक्ने युवतीको भूमिका निभाएकी छु ।’

फिल्मका कारण मात्र नभएर साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञीले अभिनय गरेका चलचित्र ‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनका क्रममा रहेका छन् । यसअघि उनले ६ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । पहिलो फिल्म ‘ड्रिम्स’ पछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

सुन्दरताका कारण सधै चर्चामा रहने साम्राज्ञीका यी तस्वीर फोटोग्राफर गणेश बस्यालले खिचेका हुन् ।

तस्वीरहरू: गणेश बस्याल

प्रकाशित मिति : ८ भदौ २०७६, आइतबार  ५ : १९ बजे

कांग्रेसको शपथ सुरू हुँदै, सानेपामा चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र सभामुख डीपी अर्यालबीच 

काठमाडौं– कार्तिक ११ गते भएको छलफलका क्रममा नोभेम्बर ९ देखि

दक्षिण कोरियासँग तनाव बढ्दै जाँदा उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार

सियोल- दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले बिहीबार समुद्रतर्फ करिब

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला