भरतपुर तनावग्रस्त : रविका समर्थकबाट प्रदर्शन, गाडी तोडफोड « Khabarhub

भरतपुर तनावग्रस्त : रविका समर्थकबाट प्रदर्शन, गाडी तोडफोड


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–पत्रकार सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेका समर्थकले चितवनमा प्रदर्शन जारी राखेका छन् । चितवनको भरतपुर अस्ताल रोडमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीबीच केहीबेर झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा क्रममा केही प्रहरी घाइते भएका छन् ।

रविका समर्थकहरुले आज रवि रिहा हुन्छ भनि आश गरिरहेका थिए। अदालतको आदेशमा म्याद पुनः थप भएपछी आक्रोशित समर्थकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले केही गाडी तोडफोड गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् ।

रवि लामिछाने सहित तीन जनालाई आइतबार बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजनकर्मी रवि लामिछाने, अस्मिता कार्की र युवराज कंडेलविरुद्ध जिल्ला अदालत चितवनमा आरोप पत्र दायर गरेको थियो ।

उनीहरुको मुद्दा दर्ता भएसँगै सुरु भएको बयान आज नसकिएपछि उनीहरुलाई आज पनि प्रहरी हिरासतमै पठाइएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आज अस्मिता कार्कीको बयान गराइएको छ । समय अभावले आज लामिछाने र कंडेलको बयान हुन सकेन ।

सोमबार बिहानबाट हुने उनीहरुको बयान सकिएपछि अदालतमा थुनछेक बहश शुरु हुनेछ। थुनछेक बहसपछि अदालतले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने, तारेखमा वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ। सरकारी वकिलले दर्ता गराएको मुद्दामा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४३ बजे

सुदूरपश्चिम प्रदेशका २६ पालिकालाई रासायनिक मल उठाउन अनुरोध

काठमाडौं– सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक

पसलबाट सुनचाँदी चोरी भएको नाटक गर्दा पुगे प्रहरीको हिरासतमा

रुपन्देही- बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका

कश्मीरमा हेलिकप्टर दुर्घटना

इस्लामाबाद– कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको

संसद्‍मा ‘चिसै पानी’ले नुहाउन बाध्य भए प्रतिपक्षी !

काठमाडौं- प्रतिनिधिसभा सुरू भएदेखि निरन्तर आन्दोलित आएका प्रतिपक्षी दलले पछिल्लो

महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन

विराटनगर– आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा