भरतपुर तनावग्रस्त : रविका समर्थकबाट प्रदर्शन, गाडी तोडफोड | Khabarhub Khabarhub

भरतपुर तनावग्रस्त : रविका समर्थकबाट प्रदर्शन, गाडी तोडफोड


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–पत्रकार सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेका समर्थकले चितवनमा प्रदर्शन जारी राखेका छन् । चितवनको भरतपुर अस्ताल रोडमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

रविका समर्थनमा निस्किएका प्रदर्शनरकारी र प्रहरीबीच केहीबेर झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । झडपमा क्रममा केही प्रहरी घाइते भएका छन् ।

रविका समर्थकहरुले आज रवि रिहा हुन्छ भनि आश गरिरहेका थिए। अदालतको आदेशमा म्याद पुनः थप भएपछी आक्रोशित समर्थकहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले भरतपुरको चौविसकोठीमा राजमार्ग अबरुद्ध गरेका छन् । उनिहरुले केही गाडी तोडफोड गरेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन् ।

रवि लामिछाने सहित तीन जनालाई आइतबार बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै टेलिभिजनकर्मी रवि लामिछाने, अस्मिता कार्की र युवराज कंडेलविरुद्ध जिल्ला अदालत चितवनमा आरोप पत्र दायर गरेको थियो ।

उनीहरुको मुद्दा दर्ता भएसँगै सुरु भएको बयान आज नसकिएपछि उनीहरुलाई आज पनि प्रहरी हिरासतमै पठाइएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आज अस्मिता कार्कीको बयान गराइएको छ । समय अभावले आज लामिछाने र कंडेलको बयान हुन सकेन ।

सोमबार बिहानबाट हुने उनीहरुको बयान सकिएपछि अदालतमा थुनछेक बहश शुरु हुनेछ। थुनछेक बहसपछि अदालतले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने, तारेखमा वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय गर्नेछ। सरकारी वकिलले दर्ता गराएको मुद्दामा उनीहरुलाई पाँच वर्ष कैद र ५० हजार जरिवाना हुनुपर्ने माग गरिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ७ : ४३ बजे

काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)

काठमाडौं – काठमाडौं आज फेरि वायु प्रदूषणको विश्वकै पहिलो प्रदूषित

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

झापा– १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौं– विभिन्न मितिमा हराएका २४ दुईपाङ्ग्रे सवारी साधन खोजी गरी

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका

‘कसम, राम्रो छ- मनसरा ?’

काठमाडौं– झुटो बोल्यो कि साँचो भनेर पत्ता लगाउन हाम्रो सामाजमा