ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड « Khabarhub

ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दक्षिण ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सुझाव दिएका छन् ।

महाङ्काल गाउँपालिका वडा नं ३ गोटीखेलमा आयोजित ‘श्रीमद्भागवत एवं शिवपुराण ज्ञानमहायज्ञ’ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ललितपुरमा पर्यटकीय गणतव्यका थुप्रै सम्भावना भएकाले स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि उत्तिकै भित्र्याउन आवश्यक देखिएको बताए ।

ललितपुरका स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर छिट्टै विकास समिति गठन गरी अघि बढ्न वरिष्ठ नेता नेपालले सबैलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य लालकुमारी पुनले दक्षिण ललितपुरको विकास गर्न लेलेबाट ठूलादुर्लुङसम्म छोटो सडक विस्तार गर्न लागिएको जानकारी दिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : ३० बजे

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट