पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु « Khabarhub

पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर दुई महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । आइतबार राति भएको यो दुर्घटना धादिङ गल्छी गाउँपालिका वडा नं ५ सागिनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा आइतबार राति नै ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज