पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु | Khabarhub Khabarhub

पार्किङ गर्दा गाडीले किच्यो : घरमै बसेका २ को मृत्यु


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर दुई महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । आइतबार राति भएको यो दुर्घटना धादिङ गल्छी गाउँपालिका वडा नं ५ सागिनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा आइतबार राति नै ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ३६ बजे

पोखरामा भाइटीका महोत्सव

लेखनाथ (कास्की)- होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा

लगाइयो भाइटीका, सकियो तिहार

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो

दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए टीका (तस्बिरहरु)

काठमाडौं- आज यमपञ्चकको प्रमुख दिन भाइटीका देशैभरी मनाइएको छ ।

किरातीलाई बेलायतको नेपाली प्रतिष्ठानद्वारा विशिष्ट प्रतिभा सम्मान

सुनसरी–  नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यो बर्षको ‘विशिष्ट प्रतिभा सम्मान’

गुन्यालफाँटाको बादी बस्तीमा छैन तिहारको रौनक

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता