नेपालले आज नागाल्यान्डसँग प्रतिस्पर्धा गर्दै « Khabarhub

नेपालले आज नागाल्यान्डसँग प्रतिस्पर्धा गर्दै


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी–डाक्टर टि आओ अन्तराट्रिय फुटबल च्याम्पियनसिपमा आज (सोमबार) नेपालले समूह चरणको अन्तिम खेल नागाल्यान्डसँग खेल्दैछ । गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा यु २१ र नागाल्यान्ड सान्तवना जितको खोजिमा हुनेछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरुहुनेछ । आइतबारको महत्वपूर्ण खेलमा एन्फा टोली मिजोरामसँग ३—० गोल अन्तरले पराजित भएपछि आजको खेल प्रतिष्ठाको खेलमात्रै हुनेछ ।

यसअघिका ४ खेलमा पहिलो खेलमा मेघालयसँग ३—२ ले पराजित भएपनि दोस्रो खेलदेखि लय समातेको एन्फा टोली आफ्नो चौथो खेलमा मिजोरामसँग सम्हालियर खेल्न नसक्दा ३—० ले पराजित हुन पुग्यो ।

त्यसअघि, एन्फा टोलीले दोस्रो खेलमा त्रिपुरालाई ८—०, तेस्रो खेलमा मनिपुरलाई ३—१ ले पराजित गर्दै उच्च लय समातेको थियो ।

‘मिजोरमविरुद्ध पहिलो हाफको सुरुको १५ मिनेट खेलाडीहरुले राम्रै खेलेका हुन् । तर, रेफ्रीले विना कुनै कारण पेनाल्टी दिँदा खेलाडीले केही दबाब महसुस गरे,’ मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने, ‘पहिलो गोल खाइसकेपछि पनि खेलाडीहरुले दोस्रो हाफमा लय समातिसकेका थिए । यसमा पनि रेफ्री नै बाधक बने । रेफ्रीले गलत निर्णय गर्दै मिजारामलाई दोस्रो पेनाल्टी दिए । त्यसपछि खेलाडीहरुको मनोबल कमजोर बन्यो । खेल लयमा फर्कन पाएन ।’

त्यसो त, सोमबारको खेल एन्फा टोली र मिजोरामविरुद्ध खेलमा केही समय विवाद पनि भएको थियो ।

दोस्रो हाफमा मिजोरामले खेलाडी सब्स्टीचयुट गर्दा बेञ्चबाट मैदान छिर्ने खेलाडी मैदान प्रवेश गरिसकेपछि पनि मैदानबाट निस्किनु पर्ने खेलाडी मैदानमै रहेपछि झण्डै २ मिनेट मिजोरामका १२ खेलाडी मैदानमा रहेका थिए ।

पछि आयोजकले एन्फा टोलीका टिम म्यानेजरलाई गल्ती भेटिए रेफ्रलाई कारबाही गछौं भनेपछि खेल सुरुभएको थियो ।

४ खेलमा २ जित २ हार बेहोरेको नेपालको सेमिफाइनल यात्रा टुङ्गीसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ४८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक