महिनावारीमाथि बनेको डकुमेन्ट्री, जसले जित्यो ओस्कर अवार्ड « Khabarhub

महिनावारीमाथि बनेको डकुमेन्ट्री, जसले जित्यो ओस्कर अवार्ड


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘महिनावारी’, ‘रजश्वला’ या ‘मासिक धर्म’, एकै अर्थ लाग्ने यी शब्दको उच्चारण नेपाली समाजमा त्यति सहज छैन । सामान्य अर्थमा महिलाको गर्भाशयको भित्री अस्तर र उत्तक योनीबाट निष्काशन हुने प्राकृतिक प्रक्रिया हो, महिनावारी ।

तर, नेपाली समाजले ‘महिनावारी’लाई अहिलेसम्म ‘सामान्य प्रक्रियाका’ रुपमा बुझ्न सकेको छैन । ‘छाउपडी’का रुपमा बुझ्ने कुसंस्कारका कारण महिनावारी भएका बेला धेरै नेपाली महिलाले अहिले पनि अकालमा ज्यान गुमाइरहेका छन् ।

नेपालमा जस्तै भारतमा पनि महिनावारीलाई एक ‘समस्या’का रुपमा लिइने विषयमाथि बनाइएको एक डकुमेन्ट्रीले ओस्कर अवार्ड जितेको छ । ‘पिरियड. इन्ड अफ सेन्टेन्स’ नामक डकुमेन्ट्रीले ओस्करको ९१ औं एकेडेमी अवार्ड्समा ‘बेस्ट डकुमेन्ट्री’को अवार्ड हात पारेको हो ।

यो डकुमेन्ट्री भारतको उत्तर प्रदेशको हापुडमा बस्ने एक युवतीको जीवनमा आधारित भएर बनाइएको छ । डकुमेन्ट्रीमा महिनावारीलाई लिएर समाजमा (खासगरी) महिलामा व्याप्त भय र शरमको विषयलाई उठाइएको छ । साथै महिनावारीजस्तो विशेष अवस्थालाई समाजले हेर्ने दृष्टिकोणलाई पनि डकुमेन्ट्रीमा उठाइएको छ ।

डकुमेन्ट्रीको पाेस्टर

२५ मिनेटको यो डकुमेन्ट्रीमा ‘पात्र’का अलावा कार्यकारी निर्माताको रुपमा पनि एक भारतीय महिला गुनीत मोङ्गा पनि जोडिएकी छन् । डकुमेन्ट्रीको निर्देशन रायका जहताबचीले गरेकी हुन् ।

यो डकुमेन्ट्रीमा अमेरिकाको क्यालिफोर्नियास्थित ओकवुड स्कूलका १२ जना विद्यार्थी र अंग्रेजी शिक्षिका मेलिसा बर्टनको मुख्य योगदान छ । मेलिसा बर्टनले डकुमेन्ट्रीमा निर्देशककाे भूमिका पनि निर्वाह गरेकी छन् ।

अकुड स्कूलका विद्यार्थीले एक लेखमार्फत भारतका गाउँहरुमा महिनावारीलाई शर्मको विषयका रुपमा लिइने भनेर थाहा पाएका थिए । त्यसपछि विद्यार्थीहरुले चन्दा संकलन गरेर एनजिओमार्फत भारतमा सेनिटरी प्याड वितरण गरे । त्यसपछि मात्रै जनचेतना विकास गर्न डकुमेन्ट्री बनाउने योजना बनेको थियो ।

डकुमेन्ट्रीको शुरुवातमा गाउँले युवतीहरुलाई महिनावारीका विषयमा केही प्रश्न सोधिन्छ । महिनावारीबारे प्रश्न सोध्दा उनीहरु शर्माउँछन् । त्यसपछि उक्त प्रश्न केही युवा (केटा)हरुलाई सोधिन्छ । एक जनाले ‘पिरियड’लाई स्कूलमा घन्टी बजाएपछि आउने ‘समय’को रुपमा बुझेको बताउँछन् । अर्का युवक भन्छन्, यो त महिलाहरुलाई हुने एक बिमारी हो !

डकुमेन्ट्रीमा डापुडकी स्नेहाको विशेष भूमिका छ । उनी प्रहरी बन्न चाहन्छिन् । महिनावारीको विषयमा स्नेहाको छुट्टै सोच छ । उनी भन्छिन्, ‘जब दूर्गालाई देवी भनिन्छ भने, महिलालाई मन्दिरमा जान किन रोकिन्छ ?’

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ३१ बजे

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल