ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु « Khabarhub

ओलीलाई समर्थन गर्दै पौडेलले भने- उपाध्यक्ष पदमै दोहोरिन्छु


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको बताए।

उनले भने  ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब उक्त पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु।’

अहिले पार्टीमा वरिष्ठ उपाध्यक्षको संरचना नभएकाले उपाध्यक्षकै भूमिकामा दोहोरिने योजना उनले बनाएका छन्।

‘यो महाधिवेशनमा म सचिवालय सदस्यका लागि दाबेदार पनि हुँ,’ पौडेलले भने, ‘कति टिम बन्छ भन्ने अहिले भन्न सक्दिनँ, सम्भव भएसम्म सहमतिमा निर्णय होस् भन्ने चाहना छ।’

यसअघि उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलतर्फ जाने सम्भावना रहेको विश्लेषण गरिएको थियो । तर पौडेल औपचारिक रुपमा ओलीकै पक्षमा खुलेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : १९ बजे

काठमाडौंको अधिकांश ठाउँमा बढ्यो जग्गाको मूल्य, बल्खुदेखि बनस्थलीसम्म भने घट्यो

काठमाडौं– आर्थिक वर्ष २०८३-८४ का लागि काठमाडौंका विभिन्न क्षेत्रमा जग्गाको

गैँडा मार्ने उद्देश्यले निकुञ्ज प्रवेश गरेको आशङ्कामा दुई पक्राउ

चितवन- विश्वमै दुर्लभ मानिने एकसिङ्गे गैँडाको चोरी–शिकार गर्ने उद्देश्यले चितवन राष्ट्रिय

कोशीमा नयाँ सरकारबारे अलमल, आङ्बो भन्छन् : केन्द्रको निर्णय कुर्दैछौँ, मध्यावधि हल्ला मात्रै हो

काठमाडौं- प्रदेश सरकारमा कुन गठबन्धन अगाडि बढाउने भन्ने अन्योल अझै

समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले समाजमा आफ्नो

कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र

काठमाडौं- काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको