क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो  « Khabarhub

क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो 


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

यसअघि बोलाएर बयान लिएको अख्तियारले अधिकारीलाई विशेष अदालतमा मुद्दा चलाउन नियन्त्रणमा लिएको हो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशनक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराउँदैछ ।

यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाउन लागिएको हो ।

दुवैजनाविरुद्ध सम्भवत: बुधबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुनेछ । उनीहरूविरुद्ध भक्तपुरस्थित नलिनचोकमा बनाइएको हेलिप्याडमा भ्रष्टाचार गरेको आरोप छ । अधिकारी भैरहवार पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा पनि अनुसन्धान तानिँदैछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : १४ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको