प्रहरीले नष्ट गर्‍यो १ लाख अफिमका बिरुवा « Khabarhub

प्रहरीले नष्ट गर्‍यो १ लाख अफिमका बिरुवा


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबेँसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा खटिएको ६ जनासहित २४ जनाको टोलीले अफिमखेती नष्ट गरेको जिप्रका सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा छ बिघा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको प्रवक्ता क्षेत्रीले बताए ।

प्रहरीले लामिडाँडा गाउँमा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महीना उत्कृष्ट लागुऔषध नियन्त्रण पुरस्कार जिप्रका सुर्खेतले दिँदै आएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  २ : ०८ बजे

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना