ओस्कर अवार्ड– कसले कुन विधामा जिते ? « Khabarhub

ओस्कर अवार्ड– कसले कुन विधामा जिते ?


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र क्षेत्रको सबैभन्दा प्रतिष्ठित एकेडेमी अवाड्र्स अर्थात् ओस्करको ९१ औँ संस्करण सम्पन्न भएको छ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर्स आट्र्स एण्ड साइन्सले हरेक वर्ष चलचित्र क्षेत्रका विभिन्न २४ विधामा ओस्कर अवार्ड दिँदै आएको छ ।

लस एन्जल्स शहरको कोडियाक थिएटरमा आयोजित भव्य कार्यक्रमका माझ ओस्कर अवार्ड वितरण गरिएको हो ।

यस वर्षको सर्वोत्कृष्ट चलचित्र तर्फको ओस्कर अवार्ड पिटर फर्रालेले निर्देशन गरेको ‘द ग्रिन बुक’ नामक चलचित्रले पाएको छ । त्यस्तै द ग्रिन बुकमै अभियन गरेका मारेशाला अलीले सर्वोत्कृष्ट सह–अभिनेताको उपाधि जिते । द ग्रिन बुकले ओरिजिनल स्क्रिनप्लेको अवार्ड पनि हात पा¥यो ।

त्यस्तै ‘बोहेमियन ¥याप्सोडी’ चलचित्रमा फ्रेडी मक्र्युरीको भूमिकामा रहेका रामी मालेकले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए । त्यस्तै ‘बोहेमियन ¥याप्सोडी’ले ध्वनी सम्पादन र ध्वनी मिश्रणतर्फको ओस्कर पनि जित्यो । चलिचित्र सम्पादन तर्फको ओस्कर पनि ‘बोहेमियन ¥याप्सोडी’ले नै जित्यो ।

यसपालीको ओस्करमा प्रोडक्सन डिजाइनेको उपाधि ‘ब्लाक प्यान्थर’ चलचित्रले जित्यो । ‘ब्लाक प्यान्थर’ले सर्वोत्कृष्ट कस्ट्युम डिजाइनको पनि उपाधि जित्यो । ओरिजिनल स्कोर तर्फको ओस्कर अवार्ड पनि ‘ब्लाक प्यान्थर’ चलचित्रकै हात लाग्यो ।

यस वर्षको सर्वोत्कृष्ट विदेशी चलचित्रको उपाधि भने मेक्सिकोमा निर्मित स्पेनी भाषाको चलचित्र ‘रोमा’ले जित्यो । रोमाका निर्देशक अल्फोन्सो कुआरोनले सर्वोत्कृष्ट निर्देशकको उपाधि जिते । त्यस्तै सिनेमाटोग्राफीको उपाधि पनि ‘रोमा’ले नै जित्यो ।
त्यस्तै सर्वोत्कृष्ट अभिनेतृको अवार्ड ‘द फेभरेट’ चलचित्रका लागि ओलिभिया कोल्मनले जितिन् । सवोत्कृष्ट सह अभिनेतृको अवार्ड ‘इफ बियल स्ट्रिट कुड टक’ नामक चलचित्रकी रेगिना किङले जितिन् । यस वर्षको सर्ट डकुमेन्ट्रीको अवार्ड ‘पिरियड इण्ड अफ सेन्टेन्स’ले जित्यो ।

यस वर्षको फिचर डकुमेन्ट्रीको अवार्ड ‘फ्रि सोलो’ले जित्यो । यस वर्षको ओरिजिनल सङ्गको अवार्ड ‘अ स्टार इज बर्न’ चलचित्रका लागि स्यालोले पायो । बेस्ट इनिमेटेढ फिचर फिल्म अवार्ड ‘स्पाइडर म्यानः इनटु द स्पाइडर’ भर्सले जित्यो । एडप्टेड स्क्रिनप्लेको अवार्ड ‘ब्लाकक्लान्समान’ले जित्यो ।

यस वर्षको एनिमेटेढ सर्ट फ्लिमको अवार्ड ‘बाओ’ले जित्यो । लाइभ एक्सन सर्ट फ्लिमको अवार्ड ‘स्किन’ले जित्यो । त्यस्तै, भिजुअल इफेक्टको अवार्ड ‘फस्र्ट म्यान’को नाममा रह्यो भने मेकअप एण्ड हेयरस्टाइलको अवार्ड ‘भाइस’ले जित्यो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ३ : २४ बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित