महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै « Khabarhub

महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर- महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा महिला र पुरुषबीचको लैङ्गिक असमानता घट्दै गएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा देशको समग्र लैङ्गिक समानता सूचकाङ्क ०.७११ पुगेको छ । सन् २०२४ मा यस्तो सूचकाङ्क ०.७०८ रहेको थियो ।

नयाँ सूचकाङ्कअनुसार मलेसियाले महिला र पुरुषबीच रहेको असमानताको ७१.१ प्रतिशत अन्तर कम गरेको देखिएको छ । तथ्याङ्क विभागका अनुसार लैङ्गिक समानतामा आएको सुधारको मुख्य कारण महिलाको आर्थिक सहभागिता र अवसरमा भएको वृद्धि हो । यस क्षेत्रको उपसूचकाङ्क सन् २०२४ को ०.७०३ बाट बढेर सन् २०२५ मा ०.७२८ पुगेको छ । मलेसियामा श्रम बजारमा महिलाको सहभागिता दर पनि सामान्य रूपमा बढेको छ ।

सन् २०२४ मा ५६.५ प्रतिशत रहेको महिलाको श्रम सहभागिता दर सन् २०२५ मा बढेर ५६.६ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी महिलाको औसत मासिक तलब तथा ज्यालामा पनि वृद्धि भएको छ । सन् २०२४ मा औसत मासिक तीन हजार ४९९ मलेसियाली रिङ्गिट रहेको महिलाको आम्दानी सन् २०२५ मा बढेर ३ हजार ६३५ रिङ्गिट पुगेको छ ।

यो रकम अमेरिकी डलरमा करिब ८८३ डलर बराबर हुन्छ । व्यवस्थापकीय तथा नेतृत्वदायी पदमा महिलाको उपस्थिति पनि बढेको छ । विधायक, वरिष्ठ अधिकारी तथा व्यवस्थापकका रूपमा कार्यरत महिलाको सङ्ख्या सन् २०२४ मा दुई लाख १९ हजार रहेकोमा सन् २०२५ मा बढेर २ लाख ४१ हजार पुगेको छ ।

त्यस्तै व्यावसायिक तथा प्राविधिक पेसामा संलग्न महिलाको सङ्ख्यामा पनि वृद्धि भएको छ । सन् २०२४ मा यस्ता पेसामा १७ लाख महिला कार्यरत रहेकामा सन् २०२५ मा यो सङ्ख्या बढेर १८ लाख पुगेको तथ्याङ्क विभागले जनाएको छ । महिलाको रोजगारी, आम्दानी तथा नेतृत्वदायी भूमिकामा बढ्दो सहभागिताले मलेसियामा आर्थिक क्षेत्रमा महिला र पुरुषबीचको अन्तर कम गर्न सहयोग पु¥याएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ५ : २९ बजे

महिलाको आर्थिक सहभागिता बढेसँगै मलेसियामा लैङ्गिक असमानता घट्दै

क्वालालम्पुर- महिलाको आर्थिक सहभागिता र रोजगारीका अवसरमा सुधार आएसँगै मलेसियामा

पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने पोखरेल पक्राउ

काठमाडौँ- अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने बहानामा यात्रुहरूको सामान

प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यक : मुख्यमन्त्री थापामगर

काभ्रेपलाञ्चोक– बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि

सरकारले खाना रोकिदियो, चिउरा-दालमोठ खाएर प्रदर्शनमा सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्वासीले