‘अब लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनैपर्छ’ « Khabarhub

‘अब लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनैपर्छ’


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकताको अभाव खड्किएको बताएका छन् । उनीहरुले आन्तरिक तथा बाह्य राजनीतिक दल तथा शक्तिसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

काँग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच रसुवाको कालिकास्थानमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्दै काँग्रेसका शीर्ष नेताहरुले आफूहरुबीच मनमुटाव र गुट–उपगुट रहँदा इतिहासमै पार्टीको अवस्था कमजोर भएको हुँदा एकताको लागि अन्य लोकतान्त्रिक शक्तिसँग सहकार्य अत्यावश्यक भइसकेको तर्क गरे ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद स–साना पक्षमा रहेको स्वीकार्दै अन्य लोकतन्त्रवादी शक्तिहरुसंग समेत एकता गर्नुपर्ने अवस्था आइसकेको तर्क गरे । आन्तरिक तथा अन्य पार्टीसँग रहेको अन्तर संघर्ष समाधानका लागि आफू लचक रहत तयार रहेको सभापति देउवाले स्पष्ट पारे ।

कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक प्रणालीमा असफल भइसकेको कम्युनिष्ट पार्टीले जनताको हित नगर्ने आरोप लगाउदै लोकतन्त्रको पक्षमा साथ दिन जनतालाई आह्वान गरे ।  उनले सशस्त्र संघर्षमा रहेको शक्तिलाई विधिको शासन कार्यान्वयन गराउन संसदीय प्रक्रियामा ल्याए पनि पहिलेको बानी अगाल्न नबिर्सेकाले त्यस्तो भ्रमको खेती गर्ने दलहरु अब आफै पराजित हुने टिप्पणी गरे ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा.शशांक कोइराला, सह–महामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता गगन थापा, रसुवाका नेता मोहन आचार्य लगायतले वर्तमान सरकारले जनतालाई विकास, न्याय र सेवा दिन चुकेको आरोप लगाए ।

रसुवामा रहेका दुई पार्टीबीच एकता भएको सन्देश दिदै काँग्रेस रसुवा सभापति पेम्बा छिरिङ तामाङ र नयाँ शक्ति रसुवा संयोजक फुर्पु वाङ्दी तामाङले एकआपसमा पार्टीको झण्डा हस्तान्तरण गरी ‘दुई पार्टी, अब एउटै पार्टी नेपाली काँग्रेस’ भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ०८ बजे

व्यक्तिगत इच्छा पूरा गर्दा पनि गायक प्रतापलाई गाली !

काठमाडौं – कलाकारहरू सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनीहरूको व्यक्तिगत जीवन

दीपालाई अध्यक्षबाट ‘कू’ गरेका जितु उनकै कार्यवाहक !

काठमाडौं – विशाल भण्डारी निर्देशित ‘कमेडी नाइटविथ च्याम्पियन’को अध्यक्षको भूमिकामा

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका