भेनेजुएलाबारे अमेरिकाले ठोस कदम चाल्दै « Khabarhub

भेनेजुएलाबारे अमेरिकाले ठोस कदम चाल्दै


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेनुएलामा जारी संकटका विषयमा अमेरिकाले ठोस कदमको घोषणा गर्ने भएको छ । कोलम्बियाको राजधानी बोगोटामा लिमा समूह भनिने हुआँ गुआइदोलाई भेनेजुएलाका राष्ट्रपतिको औपचारिक मान्यता दिने ल्याटिन अमेरिकी मुलुकहरुको सम्मेलनका क्रममा अमेरिकी उपराष्ट्रपछि माइक पेन्सले भेनेजुएलाका विषयमा ठोस कदमको घोषणा गर्नेछन् ।

पेन्सले भेनेजुएलाका विषयमा घोषणा गर्ने भनिएको ठोस कदम कस्तो प्रकारको हुन्छ भन्नेबारे स्पष्ट भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि विपक्षी नेता हुआँ गुआइदोले अमेरिकासमक्ष आग्रह गरे अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गर्ने विकल्प पनि खुला रहेको बताइएको छ ।

अमेरिकाले मानवीय सहायताको नाममा कोलम्बियाको सीमाबाट लगिएको सामग्री भेनेजुएला भित्र्याउने प्रयास असफल भएपछि सोमबार लिमा समूहको सम्मेलन डाकिएको हो ।

गत जनवरी २३ मा विशाल जनप्रदर्शनका माझ आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका विपक्षी नेता गुआइदोलाई अमेरिकासहित अधिकांश ल्याटिन अमेरिकी मुलुकले राष्ट्रपतिको मानयता दिइसकेका छन् । यता रुस चीनसहितका अन्य मुलुकले भने राष्ट्रपति निकोलस मादुरोलाई नै राष्ट्रपति मान्दै आएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : १२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले