अब विकासको कामले गति लिन्छ: वरिष्ठ नेता खनाल « Khabarhub

अब विकासको कामले गति लिन्छ: वरिष्ठ नेता खनाल


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारको पाँच वर्षमा विकासको जग बस्ने बताएका छन् ।

माईनगरपालिकास्थित वडा नं ५ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले विकास निर्माणको काम गर्न शुरु गरेको उल्लेख गर्दै मुलुक अहिले समृद्धिको दिशामा उन्मुख भइसकेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यकर्ताले गरेको प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले अबका दिनमा चुनावी कार्ययोजनाअनुरुप नै पार्टी र सरकार अघि बढ्ने बताए ।
“मैले चुनाबी घोषणापत्रअनुसार नै काम गर्ने योजना बनाइएको छ,” खनालले भने, “पाँच वर्षमा विकासको काम तीव्र गतिले हुन्छ ।”

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : ४१ बजे

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको

‘मतदान सम्पन्न भएको दुई घण्टामा नतिजा आउँछ’

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा मतदान मतदान जारी छ। नेता

दिउँसैसम्म हुस्सु-कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर– यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै

यस्तो छ एमाले महाधिवेशनस्थल बाहिरको अवस्था (तस्बिरहरू)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व