कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ३ सय बढी घाइते « Khabarhub

कश्मीर भूकम्पः ज्यान गुमाउनेको संख्या २२ पुग्यो, ३ सय बढी घाइते


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामाबाद तथा पाकिस्तान प्रशासित कश्मीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेका संख्या २२ पुगेको छ ।

पाकिस्तानको प्रशासित कश्मीरमा २२ जनाको मृत्यु भएको हो भने ३ सय भन्दा बढी घाइते भएका छन् । कश्मीरको मीरपुरका प्रहरी अधिकारी गुलफराज खानले जनाए अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २२ पुगेको हो ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार कश्मीरको रावलपिण्डीलाई केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
भारतको राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्प गएको केही समय पछि पाकिस्तानको राजधानी इस्लामावादमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो । उक्त भूकम्प कश्मीर भूकम्पको पराकम्प भएको जनाइएको छ ।

भूकम्प गएको २४ घण्टासम्म भूकम्पको पराकम्प आउने भएका कारण स्थानीयलाई सचेत गराइएको छ ।

भूकम्पको असर कश्मीरलगायत पाकिस्तानको राजधानी इस्लामाबाद, लाहोर, पेशावर लगायतका क्षेत्रमा परेको छ ।

भूकम्पका कारण कश्मीरको जातला इलाकामा २ सय ५० बढी घरमा क्षति पुगेको छ । भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा राहतमा पाकिस्तानी सेना खटिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : १२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म