रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण « Khabarhub

रुपन्देहीमा जोखिमपूर्ण बन्दै डेंगुको संक्रमण


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रदेश नम्बर ५ को रुपन्देहीमा डेंगुको संक्रमण जोखिमपूर्ण बन्दै गएको छ ।

उपचारका लागि अस्पताल आउने बिरामीहरुको स्वास्थ्य जाँच गर्दा अधिकांशमा डेंगुको संक्रमण देखा पर्ने गरेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

रुपन्देहीमा डेंगुको संक्रमणबाट बच्न विभिन्न संघ संस्थाहरुले सचेतनामूलक कार्यक्रम गरेपनि त्यसको प्रभावकारिता देखिएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो (असोज १ गतेसम्मको) तथ्यांक अनुसार रुपन्देहीमा २ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको छ । महाशाखाले २ सय ३१ जनामा डेंगु देखिएको जनाए पनि जिल्लामा यो भन्दा बढी संख्यामा डेंगु संक्रमित रहेको लुम्विनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

डेंगुका विरामीहरु वढ्न थालेपछि जिल्लास्थित अस्पतालमा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्र बुटवलकी वरिष्ठ ल्याव टेक्निसियन राधा ज्ञवालीले बताइन् ।

यसैबीच, अस्पतालमा रगतको अभाव भएपछि मंगलबार तपोभूमि वचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ४० बजे

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक