बार्सिलोनाले भिल्ला रियललाई हरायो « Khabarhub

बार्सिलोनाले भिल्ला रियललाई हरायो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई २–१ गोल अन्तरले हराएको हो ।

पिँडुलाको चोटबाट निको हुँदै मेस्सी मैदान फर्किएका थिए । तर थाईमा समस्या देखिएपछि उनी दोस्रो हाफमा मैदानमा देखिएनन् ।

अर्जेन्टिनी फरवार्डले स्पेनिस लिगमा ४ सय खेल पुरा गरे । उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

ग्रिजम्यानले छैटौ मिनेटमा गोल गरेका हुन् । अर्तुर भिडालले १५ औ मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

क्याजोलाले ४४ औ मिनेटमा भिल्ला रियलका लागि एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सीको चोट सामान्य रहेको प्रतिक्रिया दिए ।

बार्सिलोना तीन अंक बटुल्दै तालिकाको चौथो स्थानमा उक्लियो । सिजनको खराब सुरुवात गर्ने क्रममा बार्सिलोनाले ४ खेलबाट १० अंक जोड्यो ।

भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ । मेस्सीलाई फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले स्थानान्तरण गरेका थिए ।

नवप्रवेशी क्लब ग्रानडा तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिको बिल्बाओ दोस्रो स्थानमा रहदाँ रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको