बार्सिलोनाले भिल्ला रियललाई हरायो « Khabarhub

बार्सिलोनाले भिल्ला रियललाई हरायो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस लिगमा बार्सिलोनाले भिल्ला रियललाई पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा भिल्ला रियललाई २–१ गोल अन्तरले हराएको हो ।

पिँडुलाको चोटबाट निको हुँदै मेस्सी मैदान फर्किएका थिए । तर थाईमा समस्या देखिएपछि उनी दोस्रो हाफमा मैदानमा देखिएनन् ।

अर्जेन्टिनी फरवार्डले स्पेनिस लिगमा ४ सय खेल पुरा गरे । उनकै कर्नरमा एन्टोनी ग्रिजम्यानले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

ग्रिजम्यानले छैटौ मिनेटमा गोल गरेका हुन् । अर्तुर भिडालले १५ औ मिनेटमा घरेलु टोलीको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

क्याजोलाले ४४ औ मिनेटमा भिल्ला रियलका लागि एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

जितपछि बार्सिलोनाका मुख्य प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेस्सीको चोट सामान्य रहेको प्रतिक्रिया दिए ।

बार्सिलोना तीन अंक बटुल्दै तालिकाको चौथो स्थानमा उक्लियो । सिजनको खराब सुरुवात गर्ने क्रममा बार्सिलोनाले ४ खेलबाट १० अंक जोड्यो ।

भिल्ला रियल ८ अंक सहित तालिकाको आठौं स्थानमा छ । मेस्सीलाई फ्रेन्च फरवार्ड उसमान डेम्बेलेले स्थानान्तरण गरेका थिए ।

नवप्रवेशी क्लब ग्रानडा तालिकाको शीर्ष स्थानमा छ । एट्लेटिको बिल्बाओ दोस्रो स्थानमा रहदाँ रियल मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ३५ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित