त्रिकोणात्मक टी-ट्वान्टी खेल्न नेपाली टोली आज सिंगापुर जाँदै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी खेल्न नेपाली टोली आज सिंगापुर जाँदै


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज (बुधबार) सिंगापुर जाँदै छ ।

नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति १०:१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने जानकारी गराए ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी-ट्वान्टी सिरिज शुक्रबारबाट शुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

प्रतियोगिताको लागि नेपालले गत बिहिबार नै १५ सदस्सीय टिमको घोषणा गरिसकेको छ । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा ईशान पाण्डे र कुशल मल्ल रहेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

यस्तै अनुभवी खेलाडी शरद भेषवाकर र भेट्रान बलर बसन्त रेग्मी टिममा अटाएका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ४२ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका