अभिलेख मेट्ने अधिकारसम्बन्धी विवादास्पद मुद्दा गुगलले जित्यो « Khabarhub

अभिलेख मेट्ने अधिकारसम्बन्धी विवादास्पद मुद्दा गुगलले जित्यो


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व चर्चित गुगल सबैको रोजाइमा छ । हुन पनि गुगलले अधिकांशको खोजलाई सहज बनाएको छ । पूरानो तथ्यांक लिन गुगल उपयोगि पनि छ । यही गुगलका विषयका विभिन्न केस अदालत सम्म पनि पुग्न थालेका छन् ।

युरोपेली सङ्घ ईयूको सर्वोच्च अदालतले प्रविधि कम्पनी गुगलले इन्टरनेट अभिलेख मेट्ने अधिकार विश्वभरि बाध्यात्मक रूपमा लागु गर्न नपर्ने फैसला गरेको छ।

त्यसको अर्थ गुगलले युरोपमा गुगल खोजी गर्दा आउने नतिजाहरू हटाउन मनासिब अनुरोध भएमा तिनलाई हटाउनुपर्ने हुन्छ।

गुगलले अन्यत्रबाट खोजी गर्दा आएका नतिजा हटाउन नपर्ने उक्त अदालतको ठहर छ। गुगल र फ्रान्सको एउटा निजी नियामक निकायबीचको विवाद उब्जिएपछि उक्त फैसला भएको बीबीसीले उल्लेख गरेको छ ।

सन् २०१५ मा सीएनआइएलले उक्त कम्पनीलाई एकजना व्यक्तिबारे भएका झूटो सूचना रहेको खोजी नतिजाका सूचीहरू विश्वव्यापी रूपमा हटाउन निर्देशन दिएको थियो।

लगत्तै अर्को वर्ष, गुगलले ‘जियोब्लकिङ फिचर’ ल्यायो जसले त्यस्ता हटाइएका लिङ्कहरू हेर्न युरोपेली प्रयोगकर्तालाई वञ्चित गरेको थियो। तर विश्वका अरू भागमा रहेका मानिसहरूमाथि भने खोजी नतिजामा त्यस्तो नियन्त्रण गरिएको थिएन।

त्यसपछि सीएनआइएलले लाद्न खोजेको एक लाख युरो जरिवानाविरुद्ध गुगलले चुनौती दिँदै मुद्दा हालेको थियो। “हाल युरोपेली सङ्घको कानुनी व्यवस्था अनुसार कुनै पनि सर्च इन्जिन अपरेटरलाई आफूसँग रहेको तथ्याङ्कलाई हटाउनैपर्छ भन्ने कुनै बाध्यात्मक व्यवस्था छैन,” युरोपियन कोर्ट अफ जस्टिसको फैसलामा भनिएको छ।

गुगलले त्यस्तो बाध्यकारी व्यवस्थाको तानाशाही सरकारले आफ्ना देशमा भएका मानव अधिकारसम्बन्धी घटना लुकाउनका लागि दुरुपयोग गर्नसक्ने तर्क गरेको थियो, चाहे त्यो युरोप बाहिरकै मुलुकमा किन नहोउन्।

“सन् २०१४ यता इन्टरनेट अभिलेख मेट्न पाउने अधिकार लागु गर्न र मानिसको सूचनामा पहुँच र गोपनीयताको अधिकारबारे सन्तुलत मिलाउन हामीले निकै मेहनत गरेका छौँ,” अदालतको फैसलापछि गुगलले एउटा विज्ञप्ति निकाल्दै भनेको छ।

प्रविधि कम्पनीलाई माइक्रोसफ्ट, विकिपीडिया फाउण्डेशन, प्रेस स्वतन्त्रताका लागि काम गर्ने गैरनाफामुखी रिपोटर्स कमिटी र युकेको अभिव्यक्ति स्वतन्त्रताका लागि अभियान चलाउने समूहको समर्थन थियो।

इसिजेका सल्लाहकार म्याच्चे स्पूनारले पनि यो वर्षको सुरुमा अदालतलाई बाध्यकारी नहुने एउटा सुझाव दिँदै अभिलेख मेट्न पाउने अधिकारलाई युरोपमा सीमित पार्नुपर्ने निष्कर्ष निकालेका थिए।

त्यसयता उक्त मुद्दामा एकदमै धेरै चासो बढेको छ। यदि यो फैसला अर्को खालको आएको भए यसलाई युरोपेली सङ्घको सीमाबाहिर पनि अमेरिकी प्रविधि कम्पनीलाई नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिन्थ्यो।

फैसला आए लगत्तै त्यसको पूर्णपाठ पढ्न चाहनेहरू इसिजेकै वेबसाइट क्र्यास भएपछि निराश भएका थिए।

अभिलेख मेट्न पाउने अधिकार गुगलले सन् २०१४ को मे महिनायता लागु गरेको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३७ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’